व्यावसायिक सामाजिक उत्तदायित्वको नौलो प्रयोग


नेपाल समाचारपत्र, ललितपुर ।
गोल्डेन डायमण्ड ज्वेलरीको सहयोगमा भएको पत्रकारिता तालिम व्यावसायिक सामाजिक उत्तदायित्वको सिद्धान्तको नौलो प्रयोग रहेको सम्बद्ध व्यक्तिहरुले बताएका छन् ।
नेवाःपत्रकार राष्ट्रिय दबूको ज्वलेरीको सहयोगमा शुक्रबार र शनिबार दुई दिने पत्रकारिता तालिम आयोजना गरेको हो ।ज्वेलेरीले व्यावसायिक उत्तरदायित्वको सिद्धान्त अनुरुप पत्रकारिता तालिमका लागि सहयोग गर्ने सम्झौता अनुरुप ललितपुरस्थित श्री ताम्रकार समाज भवनमा सो तालिम आयोजना गरिएको थियो ।

ललितपुर उद्योग वाणिज्य संघ, ललितपुर सुनचा“दी व्यवसायी संघका पदाधिकारीहरुको उपस्थितिमा शनिबार भएको तालिमको समापन समारोहमा उद्यमी व्यवसायीहरुले सो कार्यलाई सामाजिक उत्तदायित्वको सिद्धान्तको नौलो प्रयोगका रुपमा अथ्र्याएका हुन् ।
तालिमका सहभागीहरुलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रमुख महर्जनले स्थानीय तहलाई जवाफदेही पत्रकारिताको दक्षता अभिवृद्धि गर्न स्थानीय तह, निजी क्षेत्र र सञ्चारकर्मीहरु सहकार्य गरेर अघि बढ्नुपर्ने खा“चो औल्याउ“नुभयो ।
समारोहमा प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले एउटा व्यावसायिक संस्थाले पत्रकारिता तालिमको सहयोग गर्नु व्यावसायिक सामाजिक उत्तदायीत्वको सिद्धान्तमा नया“ अभ्यास रहेको धारणा राख्दै सो कार्य सबैका लागि अनुकरणीय रहेको धारणा राख्नुभयो ।
समारोहमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले मुलुकको समावेशी विकास र समृद्धिका लागि पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै एउटा व्यावसायिक संस्थाले पत्रकारिता विकासको लागि सहयोग गरेको कार्य व्यावसायिक समाजिक उत्तदायीत्वको सिद्धान्तमा नया“ अभ्यास रहेको धारणा राख्नुभयो । सो कार्यलाई समग्र निजी क्षेत्रले प्रेरणा लिने पनि संघको अध्यक्ष महर्जनको विश्वास रहेको छ ।

सो अवसरमा नेपाल सुनचा“दी व्यवसायी महासंघका उपाध्यक्ष समेत रहनुभएका गोल्डेन डायमण्ड ज्वेलरीका अध्यक्ष ज्ञानुराज शाक्यले सही र तथ्य परक सूचना प्रवाह गरेर समाजलाई विकास गर्ने क्षमता पत्रकारिता पेशामा रहेकोले दक्ष पत्रकार उत्पादन गर्न र समावेशी पत्रकारितालाई टेवा पु¥याउन सकियोस् भनेर तालिमका लागि सहयोग गरेको बताउनुभयो ।

नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष श्रीकृष्ण महर्जनको सभापतित्वमा भएको सो कार्यक्रममा उपाध्यक्ष सुरजवीर बज्राचार्य, महासचिव सुनील महर्जन लगायतले नेपाली पत्रकारितालाई समावेशी बनाउन समाजका सबै पक्षको भूमिका रहेको बताउ“दै तालिम सोही भूमिका एउटा उदाहरण रहेकोमा केन्द्रीत गर्दै आआफनो धारणा राख्नुभयो । तालिमको पहिलो दिन वरिष्ठ पत्रकार धर्मेन्द्र झा, नेपाल टेलिभिजनका गजुरधन राई, इमेज न्यूज एफएमका सुरजवीर बज्राचार्यले प्रशिक्षण दिनुभयो । शनिबार भएको तालिममा पत्रकारहरु केपी ढुंगाना र युवराज गौतमले प्रशिक्षण दिनुभयो ।पत्रकार दबुका उपाध्यक्ष्ँ सुरजवीर बज्राचार्यको संयोजकत्वमा भएको सो तालिममा ४० जनाको सहभागिता रहेको छ ।