४ किशोर मध्ये, २ जना मस्र्याङ्दीमा वेपत्ता


नेपाल समाचारपत्र, लमजुङ ।
लमजुङमा मस्र्र्याङ्दी नदीमा पौडी खेल्न गएका ४ किशोरमध्ये दुई जना वेपत्ता भएका छन् । नदीमा डुबेका मध्ये एकजनाको उद्दा गरेर बेपत्ता २ जनाको खोजी कार्य जारी प्रहरीले जनाएको छ ।
बेपत्ता हुनेमा मस्र्याङ्दी गाउँपालिका– ९ सिम्पानीका १५ वर्षीय अजीत थापा, बेसीशहर नगरपालिका– ६ कमैडाँडाँका १५ वर्षकै योगेन्द्र रिमाल मस्र्र्याङ्दी नदीमा पौडी खेल्ने क्रममा नदीमा डुवेर वेपत्ता भएको प्रहरीले जनाएको छ । उनीकै साथमा गएका मकैडाँडाका १५ वर्षीय प्रतीक रिमाललाई उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल पठाइएको उद्दार कार्यमा खटिनु भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी इनिस्पेम्टर वसन्त पाण्डेले बताउन भयो । उहाँका अनुसार उनीहरू बेसीशहर नगसपालिका– १ स्थित चिप्लेटीबाट मस्र्याङ्दी नदीमा पौडीन हाम फालेका रहेछन् ।
तीनसहित मैकैडाँडा निवासी अर्का सुमित रिमाल पनि साथी गएको तर उनले पौडी नखेली बसेको र साथीहरू वेपत्ता भएपछि प्रहरीलाई खबर गरेका हुन् प्रहरी इनिस्पेम्टर पाण्डेले बताउनु भयो । खबर पाउनासाथ खटिएको प्रहरीको रेस्क्यु टोलीले उद्दार खोजीकार्य जारी राखेको छ । प्रतीक रिमालको प्रहरीले नै उद्दार गरेको प्रहरी इनिस्पेम्टर पाण्डेले जानकारी दिनु भयो । उहाँका अनुसार साँझ ६.३० बजेसम्म पनि ती दुईजनाको कुनै पत्तो छैन, खोजीकार्य जारी छ ।