डेढ बर्षदेखि अवरुद्ध मोवाइल सेवा सूचारु


रामधन राई, खोटाङ ।
खोटाङस्थित केपिलासगढी गाउँपालिकामा डेढ बर्षदेखि अवरुद्द बनेको मोवाईल फोन सेवा सूचारु भएको छ । रिपिटर टावरमा आएको खराबीका कारण गत २०७३ साल असोजबाट अवरुद्ध मोवाइल सेवा मर्मतपछि सूचारु भएको हो ।
गाउँपालिकाको एक नम्बर वडा फेदीमा रहेको रिपिटर टावर मर्मतपछि अवरुद्ध मोवाइल सेवा सूचारु गरिएको नेपाल टेलिकमले जनाएको छ । अवरुद्द मोवाइल सेवा सूचारु भएपछि सेवाग्राहीलाई सहज भएको छ ।

फेदीको रिपिटर टावरमार्फत केपिलासगढी गाउँपालिकाका साथै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको खार्मी र जालपा, रावाबेँसी गाउँपालिकाको हौंचुर र कुभिण्डे तथा छिमेकी जिल्ला भोजपुर लगायत डेढ दर्जन बढी गाउँका स्थानीयले सेवा लिने गरेका छन् । लामो समयसम्म मोवाइल सेवा अवरुद्द हुँदा उत्तरी क्षेत्रका सेवाग्राही तीन÷चार घण्टा पैदल यात्रापछि टावर टिप्ने ठाउँमा पुगेर आफन्तलाई सम्पर्क गर्न बाध्य बनेका थिए ।
टेलिकमको साँढे चार करोड लगानीमा चार वर्षअघि ९ सय मेगाहर्जको एसडिआर जिएसएम मोवाइल बिटिएस जडान गरिएको थियो ।