प्रदेश ७ मा ४ महिनामा दैविक प्रकोप बाट २० को ज्यान गयो



विमल विष्ट, डोटी ।
प्रदेश नम्बर ७ मा ४ महिनामा दैबि प्रकोपमा परी २० जनाले ज्यान गुमाएका छन् । प्रदेश नम्बर ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दिएको तथ्यांक अनुसार पछिल्लो चार महिनाको अवधिमा ७ प्रदेशमा बाढी तथा पहिरोका कारण कैलाली, कञ्चनपुर, बझाङ,दार्चुला र डोटीमा गरि २० जनाको ज्यान गएको छ । बाढी तथा पहिरोका घटनामा परी अन्य २ जनाको अवस्था अझै अज्ञात रहेको छ । आन्तरिक मामिला मन्त्रालयका अनुसार दैवि प्रकोपबाट बझाङमा सबैभन्दा बढी १३ जनाको मृत्यु भएको छ ।

बझाङमा नदीमा बगेका २ तथा डोटीको सेती नदिमा हाम फालेर बगेका ३ जनाको अवस्था अझै अज्ञात रहेको सो मन्त्रालयले जनाएको छ । त्यस्तै कैलालीमा नदीमा डुबेर २ जना, कञ्चनपुरमा बाढीबाट एक जना, दार्चुलामा चट्याङ लागेर एक डोटीमा चट्याङ लागेर २ जना र दार्चुलामै ढुङ्गाले लाग्दा एक जनाको ज्यान गएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्