रोटरी क्लब अफ भद्रपुरमा भेषराज


नेपाल समाचारपत्र, भद्रपुर ।
रोटरी क्लब अफ भद्रपुरको पाचौं वर्षको पद हस्तान्तरण तथा सफथ ग्रहण कार्यक्रम सम्पन्न गरिएको छ । क्लबका वर्ष १७ का सुरेश कुमार अग्रवालले वर्ष १८ का नव निर्वाचित अध्यक्ष भेषराज ढकाललाई लकेट लगाएर पद हस्तान्तरण गरिएको हो ।

भद्रपुर स्थित सिभान्स होटलमा शुक्रवार साँझ भएको कार्यक्रममा रोटरियन सन्तोष रिजालले सम्बोधन गरेका थिए । कार्यक्रमको प्रमुख आतिथ्यता गर्दै भद्रपुर नगरपालिका मेयर जीवन कुमार श्रेष्ठले रोटरी क्लब संसारको उत्कृष्ट सामाजिक संस्था भएको उल्लेख गरे । सवै वर्ग एकै ठाउमा बसेर आपत विपत्मा परेका देखि लिएर समाजमा खड्किएको आवश्यक्तालाई काँधमा काँध मिलाएर अघि बढ्नेमा विश्वस्त दिलाएका थिए । मानविय सेवामा सर्मपित रहि आएको क्लबलाइ नगरले सधै सहयोगको अपेक्षा राखेको उल्लेख गरे ।

नव निर्वाचित अध्यक्षले आफ्नो एक वर्षे कार्यकालमा गरिने कार्यहरुको सार्वजानिक गरेका थिए । उनले यो वर्ष पिउने पानीको व्यवस्था , विभिन्न स्थानमा रक्तदान, बृक्षा रोपण,निः शुल्क स्वास्थ्य शिविर,बृद्ध–बृद्धालाइ सहयोग लगायतका महत्वपुर्ण कार्यक्रम गरिने बारे जानकारी गराएका थिए । रोटरियन सन्तोष रिजालले नवनिर्वाचित अध्यक्ष भेषराज ढकाललाइ कलर,क्लब चार्टर्ड सर्टिफिकेट,ग्याभल र गोङग प्रदान गरी सफथ गराएका थिए र ढकालले आफ्ना कार्य समितिलाई सपथ खुवाएका थिए ।

वर्ष १७ का अध्यक्ष अग्रवालले आफ्नो कार्यकाल भरि गरिएका कामहरुको विवरण सार्वजानिक गरेका थिए । उनले ९ सय २३ जना बाढी पीडितलाइ राशनसहित राहत सामग्री वितरण, विभिन्न स्वास्थ्य शिविर गरी ३७ सय ६२ जनाको स्वास्थ्य परिक्षण गरिएको जानकारी गराएका थिए । त्यसैगरी अध्ययनशिल तथा पढाइ अन्तर्गत भद्रपुरको पृथ्वी आधाभूत विद्यालयलाई दुइथान कम्प्यूटर सेट ,विभिन्न स्थानमा बृक्षा रोपण तथा संरक्षण, रोटरीले प्रदान गरेको मेची अञ्चल अस्पताल भित्र राखिएको पिउने पानीको मर्मत लगायतका दर्जनभन्दा बढीको प्रगति विवरण सार्वजानिक गरेका थिए ।

अध्यक्ष ढकालको सभापतित्व तथा मेयर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रोटरियन उमेश डालमियाले शुभकामना मन्तव्य राख्दै क्लबको वारेमा आफ्नो धारणा राखेका थिए भने क्लबका चार्टर्ड प्रेसिडेन्ट किशोर पराजुलीले धन्यबाद दिएका थिए । कार्यक्रममा मेयर श्रेष्ठलाइ रोटरियनको मानार्थ सदस्यमा मनोनित गरिएको थियो । छिमेकी शाखा काकरभिट्टा, विर्तामोड, दमक लगायतका शाखालाइ मायाको चिनो वितरण गरिएको कार्यक्रममा रोटरियन टीकाराज ढकालले स्वागत गरेका थिए भने क्लबका सचिव विनोद चापागाईले सञ्चालन गरेका थिए ।