अम्बेड्करको विचार जहिले पनि व्यवहारिकः जइगडी


नेपाल समाचारपत्र, काठमाडौं ।

अम्वेड्कर मिसन नेपालका अध्यक्ष मनोज जइगडीले बाबासाहेव अम्वेड्करले देखाएको बाटो र लिएको सिद्धान्त अझैपनि व्यवहारिक र सान्दर्भिक भएको बताउनुभएको छ ।
उहाँले अम्बेड्कर भारतको संविधान निर्माणका पिता भएकाले संविधानले सबैलाई न्याया गरेको बताउनुभयो । ‘ संविधानमात्र आएन, संविधानले सबै किसिमका विभेद र असमानताको अन्त्य गरेको छ’ उहाँले भन्नुभयो ‘ अम्बेड्करले गरेको योगदानको आज विश्वभर चर्चा र प्रसंशा गरिएको छ, यो सबैको लागि खुशीको कुरा हो ।’ सन् १८९१ मा जन्मिएर सन् १९५६ मा निधन भएका उनले शिक्षित बनौं, संघर्ष गरौं र संगठित बनौं भन्ने मुद्धालाई अघि बढाउनुभएको थियो । उहाँले समतामूलक समाजको निर्माण गर्नुपर्ने र आत्मनिर्भर बन्नुपर्ने विषयमा पनि जोड दिनुभएको थियो । जुनसुकै देशमा पनि सम्मान पाएका उहाँले विशेष गरी महिला तथा दलित र पिछडिएको क्षेत्रलाई माथि ल्याउने प्रयास गर्नुभएको थियो ।
ज्ञानका धनी अम्वेड्कर धेरै विषयका जानकार रहेको बताइएको छ । उहाँको नाममा विभिन्न देशमा विश्वविद्यालय, क्याम्पस र अन्य संघसंस्था स्थापना गरिएका छन् । एकपटक नेपाल आएका उनले नेपालको विकास, सम्वृद्धि र उन्नतिका लागि योगदान दिएका थिए । अध्यक्ष जइगडीले नेपालमा उनको विचार फैलाउन ढिलो भइसकेको बताउनुभयो । ‘ उहाँको विचार र दृष्टिकोण राम्रो थियो तरपनि यहाँ ल्याएर फैलाउन सकिएन, प्रयास भइरहेको छ’ जइगडीले भन्नुभयो ‘ समाज र देशको प्रगति चाहने भएकाले नै उहाँ अहिलेसम्म उदाहरणीय बन्नुभएको छ ।’ जइगडीले नेपालमा मात्र नभएर यो अभियान अन्य देशमा पनि चलाइएको जनाउनुभयो । डा. भीम राव एक्वेड्करलाई सन् २०१७ मा बाबासाहेबको उपाधि दिइएको थियो ।
यो मिसनले दुवै देशलाई फाइदा पुग्ने जयगडीको भनाई छ । ‘म नेपाली हुँ, नेपालकै माया लाग्छ कसैले पनि गलत शंका गर्नुपर्दैन, यो अभियान सबैको हकहितमा केन्द्रित छ’ उहाँले भन्नुभयो ‘ उहाँको विचार कम्युनिस्टसँग अलिक मिल्दैनथ्यो र त्यति धेरै विश्वास गर्नु हुन्नथ्यो ।’ अध्यक्ष जइगडीले एकपटक एम्वेड्करको योगदान र उहाँले देखाएका बाटा र लिएका सिद्धान्तलाई विचार गर्न सबैमा आग्रह गर्नुभएको छ ।