उपचारका क्रममा महिलाको मृत्यु


कृष्णउदास खनाल, वीरगन्ज ।
वीरगन्जमा रहेको नारायणी उपक्षेत्रीय अस्पतलमा उचारका क्रममा महिलाको मृत्यु भएको घटनाबारे छानविन गर्न ७ सदस्यीय समिति गठन गरिएको छ ।
बाराको परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरी बस्ने २५ बर्षाया रमिलादेविको उपचारको क्रममा मृत्यु भएको थियो । चिकित्सको लापर्बाहीले मृत्यु भएको आफन्तको दाबी छ । उनीहरुले अस्पताल परिसरमा प्रदर्शन गरेका छन् । घटनाबारे छानविन गर्न नारायणी उपक्षेत्रीय अस्पतालका प्रसुति विभाग प्रमुख डा। सुरेन्द्र चौधरीको नेतृत्वमा ७ सदस्यीय छानविन समिति गठन गरिएको हो ।
समितिमा अस्पतालमै कार्यरत डा। उदय नारायण सिंह, मेट्रोन माधवी चौधरी, मानव अधिकारकर्मी कृष्ण कुमार खनाल, राजपाका नेता नेजामुद्धिन समानी, परवानीपुर गाउँपालिका अध्यक्ष हरि नारायण साह र पीडितका आफन्त दिपक साह कानु सदस्य छन् । आफन्तजनका अुनसार झण्डै दुई महिनाको गर्भवति रमिलालाई शुक्रबार बेलुका पेट दुख्न थालेपछि अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । राति चिकित्सकहरुले चेकजाँचपछि सुई लगाएपछि उनको अवस्था सामान्य नै थियो ।
बिहान उनले उठेर जुस पनि पिएकी थिइन् । अचानक दुखाई बढेपछि चिकित्सकले ट्रमाडोल, बुस्कोपान इन्जेक्सन लगाइदिएका थिए । त्यसपछि छटपटाउन थालेकी उनको मुखबाट फिँज निक्लिएको थियो । त्यसको केहिबेरमै उनको मृत्यु भएको मृतकका आफन्त दिपक साहले बताए ।छानविन समिति गठनपछि पनि आक्रोशित स्थानीयले क्षतिपूर्तिको माग राख्दै शव उठाउन मानेका छैनन् । उनको शव नारायणी उपक्षेत्रिय अस्पतालकै शव गृहमा राखिएको प्रहरी नायब उपरीक्षक मान बहादुर राईले जानकारी दिए ।समय समयमा अस्पतालमा घट्ने यस्तो घटनाहरुले वीरगन्जको एक मात्र सरकारी अस्पताल बदनाम हुने गरेको छ भने त्यसको फाईदा अन्य नीजि अस्पतालहरुले लिँदै आएको पाइएको छ ।