ट्याक्टर दुर्घटनामा चालकको मृत्यु


कालीवहादुर मल्ल, कालिकोट ।
कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला सडक खण्ड अन्तरगत कालिकोट खाँडाचक्र नगरपालिका–८ सेराबाडामा ट्याक्टर दुर्घटना हुँदा सुर्खेत गुटु–८ का २६ वर्षीय चालक सुरथसिंह बोहराको मृत्यु भएको छ ।
तिलागुफा नगरपालिका–७ छाप्रेबाट खाँडाचक्र तर्फ आउँदै गरेको ट्याक्टर शुक्रबार राति दुर्घटना हुँदा चालक वोहोराका मृत्यु भएको कालिकोटका प्रहरी प्रमुख डिएस्पी सुवासचन्द्र वोहोराले वताएका छन ।
डिएस्पी वोहोराका अनुसार ट्याक्टरको ब्रेक फेलु भएर सडकभन्दा दुइ सय मिटर तल खसेर घटनास्थलमै चालकको मृत्यु भएकोर पोष्टमाडमका लागि सनिवार जिल्ला अस्पतालमा राखिएको छ ।