भिडाल बार्सिलोना जाने


लन्डन, (एजेन्सी)
स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले जर्मन क्लब बार्यन म्युनिखका खेलाडी आर्टुरो भिडाललाई अनुबन्ध गर्ने सम्भावना रहेको बताइएको छ।

बार्यनले भिडाललाई बेच्न चाहेको र बार्सिलोनाले उनलाई अनुबन्ध गर्ने निश्चितझैं रहेको स्पेनिस मिडियाले दाबी गरेका छन्। भिडालका प्रतिनिधिले नयाँ क्लब खोजिरहेको र बार्सिलोनासँग अनुबन्ध नजिक रहेको बताइएको हो।

बार्सिलोना र बार्यनबीच भिडालको स्थान्तरण मूल्यका बारेमा भने सहमति जुट्न अझै बाँकी नै रहेको बताइएको छ। तर बार्यनले उनको रिलिज क्लज २७ मिलियन पाउन्ड राखेको बताइएको छ। चिलीका भिडाल अलराउन्डर खेलाडी भएको र उनले इभान राकिटिच र सर्जियो बुस्क्वेट्ससँगको तालमेलमा जमेर खेल्न सक्ने आशा गरिएको छ।