एनओसीको टामुरासँग सम्झौता


काठमाडौं, (नेस)
नेपाल ओलम्पिक कमिटी (एनओसी), टामुरा सिटीको एथ्लेट सोसाइटी र टामुरा सिटीका मेयरबीच शुक्रबार त्रिपक्षीय सम्झौता भएको छ। टोकियामा हुने २०२० ओलम्पिक खेलकुदको तयारीमा भएको उक्त सम्झौतापत्रमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र टामुरा सिटीका उपमेयर नाओयुकी कावागोइशी तथा एथ्लेट सोसाइटीको महासचिव डा. सोको आओकीले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार नेपाली खेलाडीलाई ओलम्पिक तयारीका लागि ३ वर्षसम्म टामुरा सिटीले प्रशिक्षणमा सहयोग गर्नेछ। त्यस्तै सम्झौतापत्रमा वार्षिक १ करोड लागत खर्च हुने पनि उल्लेख गरिएको छ।