ट्राफिक प्रमुख भण्डारीको विदाई


चिरञ्जीवी मास्के, दोलखा ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख नयन बहादुर भण्डारीलाई शुक्रवार (आज) सेतो गुराँस अनलाईनले लगाएत बिभिन्न संघ संस्थाले विदाई गरेको छ ।
ट्राफिक प्रमुख, प्रहरी नायव निरीक्षक भण्डारी दोलखाबाट सरुवा भै भक्तपुर जादै हुनुहुन्छ । उहाँलाई सेतो गुराँस अनलाईनका सम्पादक गोकर्ण भण्डारी, दिक्षण दैनिकका सम्पादक सिर्जनकुमार घिमिरे, दर्पण सञ्चार अनलाईनका सम्पादक प्रभु जिरेल, राम्रो पोष्टका सम्पादक कैलाश तमाङ, बुद्धनगर टोल सुधार समितिका सचिव कृष्ण श्रेष्ठ लगाएतले खादा लगाएर विदाई गरेका थिए भने सेतो गुरास अनलाईनले सम्मानपत्र समेत प्रदान गरेको थियो ।
दोलखामा २५ महिना दोलखा बस्नु भएको भण्डारीले ट्राफिक ब्यवस्थापनमा राम्रो सुधार गर्नु भएको स्थानियको भनाई छ ।