लिटल डल्फिन टिम च्याम्पियन


काठमाडौँ ।
प्रथम धन्वन्तरी कप पौडी च्याम्पियनसिप–२०१८ को उपाधि लिटल डल्फिन स्विम क्लबले हात पारेको छ ।

धन्वन्तरी समाजमा आयोजना भएको उक्त प्रतियोगितामा लिटल डल्फिनले ६४ अंक जोड्दै उपाधिमाथि कब्जा जमाएको हो । हाडीगाउँस्थित आयोजकको आफ्नै पौडी पोखरीमा भएको उक्त प्रतियोगितामा निसर्ग बाटिका स्कुल दोस्रो भयो । उसले ५९ अंक जोड्यो । त्यसैगरी प्रतियोगितामा नेशनल स्पोर्टस् सेन्टरले २७ अंक जोड्दै तेस्रो स्थानमा रहयो ।

विजयी खेलाडीलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पुरस्कार प्रदान गर्नुभयो । च्याम्पियनसिपमा २९ स्कूल र ६ क्लबका ११७ खेलाडीले २५ स्वर्णपदकका लागि प्रतिस्पर्धा गरेका थिए ।

खेलकूदको विकासमा निजी क्षेत्रलाई पनि सहभागिता गराउँदै राष्टिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्दै स्वस्थ नागरिक उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताका आयोजना गरिएको धन्वन्तरी समाजका अध्यक्ष मदन कोइरालाले जानकारी दिनुभयो ।

राष्ट्रिय खेलाडीलाई धन्वन्तरी पौडी पोखरीमा निःशुल्क पौडी खेल्ने वातावरण बनाइएको समेत अध्यक्ष कोइरालाले जानकारी दिनुभयो । खेलकूद क्षेत्रमा योगदान पु¥याएबापत ओलम्पियन खेलाडी शिरिष गुरुङलाई उपप्रधान तथा रक्षामन्त्री पोखरेलले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
रासस