योजनाबद्ध विकास गर्न स्थानिय तहलाई राष्ट्रियसभा अध्यक्ष तिमिल्सीनाको सुझाब

0
Shares

नेपाल समाचारपत्र, पर्वत ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले सबै स्थानिय तहले योजनाबद्ध बिकास गर्न सुझाब दिएका छन ।
पर्वतको कुस्मा नगरपालिकाले आयोजना गरेको ‘कुस्मा नगरपालिका –बिकासका संभावना, अवसर र चुनौती’ बिषयक अन्तरकृया कार्यक्रममा बोेल्दै अध्यक्ष तिमिल्सीनाले योजनाबद्ध बिकास गर्दा मात्रै स्थानिय तहले आफ्नो लक्ष्य प्राप्न गर्न सक्ने बताएका हुन ।
स्थानिय तहले गुरुयोजना, आवधिक योजना र तत्कालिन कार्ययोजना बनाउने काम आजैबाट थाल्न सुझाब दिए । ‘योजनाबद्ध बिकास भएन भने पाँच बर्षमा उपलब्धीमुलक काम गर्न सकिदैन’ उनले भने ‘त्यसका लागि सबै स्थानिय तहले आफ्नो तहका योजना बनाउनुपर्छ’
पर्वत गृह जिल्ला भएकाले यहाँका स्थानिय तहका योजना बनाउने र योजना कार्यान्वयनका लागि संघीय सरकार र दातृ निकायबाट समेत हुन सक्ने सहयोग जुटाउन सधै अग्रसर हुने आश्वासन पनि उनले दिए । ‘तपाईहरुले नगर र गाउँ बिकासका योजनाहरु बनाउनुस, त्यसका लागि सहयोग जुटाउन मेरो ठाउँबाट पनि पहल गर्छु’ उनले भने ‘सबै मिलेर काम ग¥यौ भने पर्वतका सबै स्थानिय तहले मुलुकमै नमुना बन्न सक्छन’
आफुँ कानुन निर्माण गर्ने थलोमा भएपनि पर्वत जिल्लाको बिकास र यहाँका समस्या समाधानका लागि सधै प्रयत्नशील भएको चर्चा गर्दै अध्यक्ष तिमिल्सीनाले दुई वटा राष्ट्रियस्तरका सडक र कालीगण्डकी बहुद्देश्यीय जलबिद्युत परियोजना अघि बढाउने काम भएको बताए । नबलपरासी जिल्लाको त्रिबेणी हुँदै कालीगण्डकी तिरैतिर पर्वतको सेतीबेणीबाट कुस्मा, बेनी देखि कोरल्ला जोड्न त्रिबेणी कोरल्ला प्रदेश गौरबको सडक र रिडीबाट सेतीबेणी हुँदै डाडँडा पोखरा पुग्ने सडक निर्माणका लागि बजेट बिनियोजन भएकाले यसलाई कार्यान्वयन गर्दा पर्वत जिल्लाले सबैभन्दा ठुलो फाइदा लिन सक्ने बताए । त्रिबेणीबाट पर्वत हुँदै कोरल्ला पुग्ने सडक कालीगण्डकी करिडोर भन्दा १ सय १० किलोमिटर छोटो छ ।
कुस्मा देखि कल्लेरी हुँदै बलेवा जोड्ने सडक र कालीगण्डकीमा पुल निर्माणका लागि समेत बजेट बिनियोजन भएको अध्यक्ष तिमिल्सीनाले बताए । पर्वत जिल्ला अग्ला पुलहरुको जिल्ला बन्ने क्रममा पाङ्ग देखि बागलुङ्ग जोड्ने झोलुङ्गे पुल र नाङ्गलीबाङ्गबाट बागलुङ्ग जोड्ने पुल पनि निर्माणको क्रममा रहेको बताए । आफ्नो छ बर्षे कार्यकालमा पर्वत जिल्लाले गर्व गर्न लायक काम गर्ने उनको भनाई थियो । ‘तपाईहरु सबै मिलेर काम गर्नुस र छ बर्षमा पर्वतलाई गर्व गर्न लायक जिल्ला बनाएर छाडौ’ उनले भने ‘यसका लागि सबै क्षेत्रले सहकार्य गर्न आवश्यक भएको भनाई उनको थियो
समाप्त साउन १८