जनतालाई सुरक्षा प्रदान गर्न मूख्यमन्त्री भट्टको निर्देशन



विमल विष्ट, डोटी ।
प्रदेश नम्बर ७ का मूख्यमन्त्री त्रिलोचन भट्टले सुरक्षा निकायका प्रमुखहरुसंग पछिल्लो सुरक्षा अवस्थाको बारेमा जानकारी लिनु भएको छ । प्रदेश ७ का सुरक्षा निकायका प्रमुखहरुलाई पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिनु भएको हो । जनताको जिउ,धनको सुरक्षा गर्नु प्रदेश सरकारको प्रमुख दायित्व भएको बताउँदै उहाँले सुशासन र शान्ती सुरक्षा कायम गर्न सुरक्षा संयन्त्रलाई चनाखो भइ काम गर्न समेत निर्देशन दिनुभयो ।
आज शुक्रबार प्रदेश ७ का सुरक्षा सम्बद्ध निकायका प्रमुखहरुलाई समग्र ७ प्रदेशको शान्ति शुरक्षा तत्कालै मज्बुद बनाउन समेत उहाँले निर्देशन दिनु भएको हो । मख्य मन्त्री भट्टलाई पछिल्लो सुरक्षा अबस्थाको बारेमा जानकारी गराउँदै सुरक्षा संबेदनशिलतालाई मध्यनजर गर्दै सबै सुरक्षा संयन्त्र परिचालन गरिएको ७ प्रदेशका शुरक्षा अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्