इनार सफा गर्ने क्रममा तीन जनाको मृत्यु


नेपाल समाचारपत्र, काठमाडौँ ।

काठमाडौँको कपुरधारामा इनार सफा गर्ने क्रममा तीन जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा घरधनी मघवर्ण गौतम सहित भारत हाजिरपुरका ३६ वर्षिय अशोककुमार, कैलाली टिकापुरका २३ वर्षिय रमेश चौधरी रहेका छन् ।

काठमाडौँ महानगरपालिका २६ कपुरधारास्थित गौतमको घरको इनार सफा गर्ने क्रममा शुक्रबार इनारमा डुबेर तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इनारमा डुबेका मेघवर्ण र अशोकको ग्रिनसिटी अस्पताल बसुन्धारामा र रमेशको ग्राण्डी अस्पताल धापासीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।