दुई दिने पत्रकारिता तालिम शुरु

0
Shares

नेपाल समाचारपत्र, ललितपुर ।
गोल्डेन डायमण्ड ज्वेलरी ललितपुर हःखाको सहयोगमा नेवाःपत्रकार राष्ट्रिय दबूले शुक्रबार पत्रकारिता तालिमको आयोजना गरेको छ ।
ज्वेलेरीले व्यावसायिक उत्तरदायित्वको सिद्धान्त अनुरुप पत्रकारिता तालिमका लागि सहयोग गर्न पत्रकार दबूसंग भएको सम्झौता अनुरुप यो तालिम भएको हो । समावेशी पत्रकारिता, मातृभाषाको पत्रकारिता र बहुभाषिक पत्रकारिताको लागि दक्ष पत्रकार उत्पादन गर्ने उद्देश्य अनुरुप पा“च वटा तालिम गर्ने बारे गत पुसमा सम्झौता भएको थियो । सो अनुरुप यो दोस्रो तालिम रहेको छ । विशेषतः रेडियो, टेलिभिजन र अनलाईन पत्रकारिताका विषयमा प्रशिक्षण दिने उद्देश्यले सो तालिम आयोजना गरिएको थियो । तालिम दुई दिनसम्म चल्ने छ ।

तालिमको पहिलो दिन वरिष्ठ पत्रकार धर्मेन्द्र झा, नेपाल टेलिभिजनका गजुरधन राई, इमेज न्यूज एफएमका सुरजवीर बज्राचार्यले प्रशिक्षण दिनुभयो । शनिबार हुने तालिम पत्रकारहरु केपी ढुंगाना र युवराज गौतमले दिनुहुने छ । पत्रकार दबुका उपाध्यक्ष्ँ सुरजवीर बज्राचार्यको संयोजकत्वमा भएको सो तालिममा ४० जनाको सहभागिता रहेको छ ।

सही र तथ्य परक सूचना प्रवाह गरेर समाजलाई विकास गर्ने क्षमता पत्रकारिता पेशामा रहेकोले दक्ष पत्रकार उत्पादन गर्न र समावेशी पत्रकारितालाई टेवा पु¥याउन सकियोस् भनेर तालिमका सहयोग गरेको ज्वेलरीका अध्यक्ष ज्ञानुराज शाक्यले सो अवसरमा बताउनुभयो ।तालिम लगतै आज शनिबार समापन समारोहको आयोजना गरी सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिने छ ।