२५ हजार घुससहित मालपोत हाकिम पक्राउ


नेपाल समाचारपत्र, काठमाडौं ।
जिल्ला मालपोल कार्यालय तेह्रथुमका निमित्त कार्यालय प्रमुख नायब सुब्बा शंकर दाहाल २५ हजार घुस सहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोली उनलाई घुस सहित पक्राउ गरेको हो ।
जग्गा नामसारी गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको सूचनाका आधारमा उनलाई घुस लिइसकेको अबस्थामा पक्राउ गरिएको हो ।
उनलाई शुक्रबार विहान उनकै कार्यकक्षबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । उनलाई अहिले नियन्त्रणमा लिई अनुसन्धान भैरहेको अख्तियारले जनाईएको छ ।