फिल्म निर्माता वाग्ले २५ लाख धरौटीमा रिहा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
फिल्म निर्माता माधव वाग्ले २५ लाख धरौटीमा छुटेका छन् । निर्माता वाग्ले सहित जेठ पहिलो सातामा ५ जनालाई साढे २ करोड रुपैयाँ नक्कली नोटसहित काठमाडौं प्रहरीले पक्राउ गरेको थियो ।

उच्च अदालत, पाटनको आदेशमा वाग्लेलाई काठमाडौं जिल्ला अदालतले शुक्रबार धरौटी रकम २५ लाख बुझाएपछि रिहा गरेको हो । लुट फिल्मको निर्माता वाग्लेले भने उक्त नक्कली नोट फिल्म निर्माणका लागि बनाइएको दावी गर्दै आएका थिए ।