बाल विवाह गर्ने पक्राउ , एक श्रमिक बालिकाको उद्वार



विजय नेपाली, पोखरा ।
कास्कीमा बाजागाजा सहित भव्य रुपमा भइराखेको बालविवाह मण्डपमा नै रोकिएको छ भने एक श्रमिक बालिकाको उद्वार गरिएको छ ।
रुपा गाउँपालिका ५ खोलाको छेउमा बाल विवाह भइरहेको अवस्थामा २२ वर्षीय सुजन सुवेदी र १८ वर्षीय बालिका गोमा के।सि सहित परिवारलाई कास्की प्रहरिले पक्राउ गरेको छ ।
केटिको उमेर नपुग्दै विवह गरेको खबर पाए लगत्तै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक९डिएसपी ० रबिन्द्रमान गुरुङले बताए । उमेर नपुग्दै विवाह गर्नु गैरकानुनी रहेको र यसमा संलग्न सबैलाइ कार्वाही हुने बताउदै महानगर नजिकै यसरी विवाह हुनु निकै नराम्रो रहेको बताए। बाल विवाह गर्ने गराउने नै कानुनको नजरमा दोषी हुन, यो विवाह सङ्ग सम्बन्धित सबै कार्वाहीमा पर्छन् ू डिएसपी गुरुङले भने ।
२० वर्ष नपुग्दै विवाह गर्नु दण्डनीय रहेको छ । उमेर नपुग्दै विवाह गराउने गर्ने र जन्ती जानेसमेत अपराधी ठहरिने केन्द्रिय बाल कल्याण समिती बालअधिकार श्रोत व्यक्ती बद्री वाग्लेले बताए । ू उमेर नपुग्दै विवाह गर्न लगाउनु अपराध हो, बाल विवाह प्रसय गराउने, पुरोहित र जन्ति जाने समेत अपराधी हुन ू उनले भने । आफूहरुको पहिले दिखिनै प्रेम सम्बन्ध रहेको र दुवैको सहमतिमा नै विवाह गर्न लागेको गोमाले बताइन । ूछोरिले विहे गर्छु भनी, हामिले सम्झाएका त हौ,विहे गर्न नदिए मर्छु भनिन छोराछोरी हुन माया लाग्छ दुवै परिवारको सहमतिमा हामिले विवाह गराएका हौँ ू गोमाकि आमाले बताइन । बाल विवाह गराएमा ६ महिना जेल वा १० हजार रुपैयाँ जरिवाना अथवा दुबै सजाय समेत हुन सक्छ ।
यता पोखरालेखनाथ महानगरपलिका लामाचौरमा रहेको पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसको चमेना गृहमा काम गर्दै आइरहेकी एक बालिकाको बालिकालाई समेत उद्वार गरिएको छ ।
गुल्मी घर भइ श्रमिकको रुपमा रहेकी १६ वर्षिय एक बालिकाको उद्वार गरेको पोखरा उधोग वाणिज्य संघ बालश्रम न्यूनीकरण कार्यक्रम परियोजना संयोजक प्रीति पाण्डेले बताइन । चमेना गृह संचालक विजय अर्यालले दुई वर्षदेखी काममा राखेर खान बस्न बाहेक अन्य सुबिधा नदिइएको पाण्डेले बताइन ।
प्रहरिले विशेष सुचनाका आधारमा महानगरपालिका, पोखरा उधोग वाणिज्य संघ बालश्रम न्यूनीकरण कार्यक्रम परियोजना, केन्द्रीय बाल कल्याण समिति, पोखरा उधोग वाणिज्य संघ,शक्ति समूह,मानवअधिकार आयोग,थ्रीएन्जलस लगायतको सहयोगमा बालविवाह गर्नेलाइ पक्राउ तथा श्रमिक बालिकाको उद्वार समेत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्