मकवानपुरमा जीपीएस ट्रयाकिङ डिभाइस


नेपाल समाचारपत्र, हेटौंडा ।
सिलिकन नेपाल प्रालिले मकवानपुरमा जीपीएस ट्रयाकिङ डिभाइसको सेवा थालेको छ । कुनै गाडीको स्थान, अवस्था घरबाट पत्ता लगाउन सकिने र आपत्कालीन अवस्थामा घरमा बसेर इञ्जिन अफ गर्न सकिने जीपीएस ट्रयाकिङको बिहीबार मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष कृष्ण कटुवालले उद्घाटन गर्नुभएको हो ।
जीओ मेट कम्पनीको जीपीएस ट्रयाकिङ जडान गरिएको गाडीको अवस्थादेखि इन्धनको विवरणसम्म पत्ता लगाउन सकिने छ । यसको बजार मूल्य १५ देखि ४५ हजारसम्म रहेको सिलिकन नेपाल प्रालिका म्यानेजिङ डाइरेक्टर छतेन्द्र आचार्यले जानकारी दिनुभयो ।
कार्यक्रमका अध्यक्ष कटुवालले लाखौं मूल्य पर्ने सवारीलाई चालकको भरमा मात्र छोड्दा विभिन्न समस्या आउने गरेको स्मरण गराउँदै जीपीएस ट्रयाकिङ डिभाइस जडान गरेर आवश्यक विवरण लिन र सवारी सुरक्षा गर्न सकिने बताउनुभयो ।