सुर्नया नदीमा बगेर एक महिलाको मृत्यु


विनोद सिंह विष्ट, बैतडी ।
घाँस काट्न जाने बेला सुर्नया नदीमा बगेर बैतडीमा आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका ४ बगारकी ३५ बर्षीया सकुन्तला महता रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
शिवनाथ गाउँपालिका २ बारसी भन्ने ठाउँमा सुर्नया नदी तर्ने क्रममा बगेर आज बिहान महिला बेपत्ता भएकी हुन् । बेपत्ता महिलाको शव बगेको ठाउँबाट करिब ७ सय मिटर तल नदी किनारमा मध्यान्ह भेट्टिएको प्रहरीले जनाएको छ । प्रहरीको टोली अहिले घटनास्थलतर्फ गएको छ ।