बेसीशहरकी मोनीका गुरुङ बनिन् मीस क्विन लमजुङ २०१८ को बिजेता


नेपाल समाचारपत्र, लमजुङ ।
जिल्ला सदरमुकाममा मिस क्विन लमजुङ– २०१८ को घोषण भएको छ । एक विशेष समारोहका विच सो घोषणा गरिएको हो । बेसीशहरकी मोनिका गुरुङ मीस क्विन लमजुङ २०१८ को ताज चुमेकी छन् ।

जिल्ला समन्वय समिति लमजुङको सभाहलमा आयोजना गरिएको मिस क्विन लमजुङको ग्रान्ड फिनाले कार्यक्रममा अन्य ७ जना प्रतिस्पर्धीहरूलाई उछिन्नदै मोनिकाले मिस क्विन लमजुङको उपाधि जितेकी हुन् । उनले मिस क्विन लमजुङको ताजका साथमा नगद रु ५० हजार, ट्रफी, मायाको चिनो र प्रमाण पत्र पाएकी छन् । सो अवसरमा छनौट गरिएको मोनिकाले मिस व्युटिफुल टाईटल अवार्ड समेत जित्न सफल भएकी छन्् ।

बेसीशहरकै सारा तामाङ फष्ट रनरअप घोषित भइन । उनले नगद रु १५ हजार, ट्रफी, प्रमाण पत्रका साथमा मायाको चिनो पनि हात पारीन । त्यसैगरी, सेकेण्ड रनरअप मोनिका श्रेष्ठ भइन् । उनी पनि भने बेसीशहरकै बासिन्दा हुन् । उनले सेकेण्ड रनरअपको उपाधिका साथमा नगद रु १० हजार, ट्रफी र प्रमाण पत्र हात पारीन् । फष्ट रनरअप सारा तामाङले मिस क्याटवाक र सेकेण्ड रनरअप मोनिका श्रेष्ठले बेष्ट मिस फिगर टाईटल अवार्ड समेत जित्न सफल भएको घोषणा गरिएको थियो । यसैगरी, सो अवसरमा घोषित अन्य विजेतहरूमा बेसीशहरकी शर्मीला परीयारले मिस ट्यालेन्ट र मिस फ्रेन्डली टाईटल अवार्ड हात पारीन् । सुन्दरबजारकी स्रिमन श्रेष्ठले मोस्ट पपुलर, बेष्ट स्माईल टाईटल अवार्ड जितेको घोषणा गरिएको थियो । त्यसैगरी बेसीशहरकी सुमीना श्रेष्ठले मोस्ट डिसिपिलिन, बेसीशहरकै शलिना पराजुलीले मिस फोटोजेनीक, पुनम तामाङले बेष्ट स्किन टाईटल अवार्ड हात पारेका छन् ।

उनिहरूलाई कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशका सासंद मधु अधिकारी, निर्णायक समितिका संयोजक डा. रामचन्द्र ठकुरी, आयोजक संस्थाका अध्यक्ष सरीता थापा मगर सहितले ताज पहिराउनुका साथै नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।
सासंद मधु अधिकारीले कार्यक्रमको उदघाटन गर्दै परम्परागत संस्कृतिलाई कसरी बचाउनु भन्ने चुनौति रहेको बताउनु भयो ।
सो कार्यक्रमतनहुँ ईभेन्ट म्यानेजमेन्ट दमौलीकी अध्यक्ष सरीता थापा मगरको अध्यक्षतामा भएको थिथो । जिल्लाको कुना कन्दरामा लुकेर रहेका प्रतिभाहरूलाई प्रष्फुटन गर्नुका साथै उनीहरूलाई व्यक्तितव विकासको अवसर दिने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष थापाल बताउनुभयो ।