पूजाको भूत अवतार

0
Shares

‘यो के सधैं प्रेमकथाको फिल्म बनाउने हिरो निर्देशक सुदर्शन थापाले यसपालि भूतको फिल्म बनाए?’ आगामी भदौ २२ गते अल नेपाल रिलिज हुने फिल्म रामकहानीको ट्रेलर हेरेपछि आउने प्रतिक्रिया हो यो।

बिहीबार राजधानीमा आयोजित रामकहानीको ट्रेलर शोबाट पनि यस्तो प्रतिक्रिया सुनियो। आपैm हिरोका रूपमा समेत प्रस्तुत भएका सुदर्शनले रामकहानीमा नायिका पूजा शर्मालाई भूत अवतारमा प्रस्तुत गरेपछि बाहिरिएको प्रतिक्रिया हो यो। प्रेमकथामै बनेको रामकहानीको ट्रेलरमा सुदर्शनले राम र मायाको कथाका साथमा हास्य कलाकारहरुको रमाइलो कमेडी र भूतको कथा अटाएका छन्। निर्देशक थापाले रामकहानी प्रेमकथाकै फिल्म भएको र प्रेमभित्र अन्य उपकथा जोडिएको खुलाए।

पूजा शर्मा, आकाश श्रेष्ठ, राजाराम पौडेल, केदार घिमिरे, जितु नेपाल, रवीन्द्र झा, विल्सन विक्रम राईलगायतका कलाकार प्रमुख भूमिकामा अभिनय गरेको फिल्ममा अर्जुन पोखरेलको संगीत, सौरभ लामाको छायांकन रहेको छ। फिल्म निर्देशक सुदर्शन र नायिका पूजा शर्माले निर्माण गरेका हुन्।