मोनिका मिस क्विन लमजुङ

0
Shares

लमजुङ, (नेस)। जिल्ला सदरमुकाममा आयोजित सौन्दर्य प्रतियोगितामा बेसीशहरकी मोनिका गुरुङ मिस क्विन लमजुङ २०१८ भएकी छिन्। उनले मिस क्विन लमजुङको ताजका साथमा ५० हजार रुपिया“ पाएकी छन्। मोनिकाले मिस ब्युटिफुल उपाधि पनि आप्mनो बनाएकी छिन्।

प्रतियोगितामा १५ हजार रुपिया“ पुरस्कारसहित सारा तामाङ फस्ट तथा मोनिका श्रेष्ठ १० हजार रुपिया“सहित सेकेन्ड रनर्सअप भइन्। साराले मिस क्याटवक र मोनिकाले बेस्ट मिस फिगर टाइटल अवार्डसमेत जिते। प्रतियोगितामा शर्मिला परियार मिस ट्यालेन्ट र मिस फ्रेन्डली, सिम्रन श्रेष्ठ मस्ट पपुलर र बेस्ट स्माइल, सुमीना श्रेष्ठ मस्ट डिसिप्लिन, सलिना पराजुली मिस फोटोजेनिक र पुनम तामाङ बेस्ट स्किन उपउपाधिका विजेता भए। विजयीहरूलाई प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद मधु अधिकारी, निर्णायक समितिका संयोजक डा. रामचन्द्र ठकुरी, आयोजक संस्थाका अध्यक्ष सरीता थापा मगरसहितले पुरस्कार प्रदान गरेका थिए। प्रतियोगिता तनहु“ इभेन्ट म्यानेजमेन्ट दमौलीले आयोजना गरेको हो।