कायरा आर्यनको परीक्षा

0
Shares

नायक तथा निर्माता आर्यन सिग्देलका लागि अबको साता परीक्षाको साता हुने भएको छ। यो आजबाट उनीद्वारा निर्मित तथा अभिनित पछिल्लो फिल्म कायरा देशभर रिलिजमा आएस“गै उनको परीक्षा शुरू हुने भएको हो। आर्यनको यसअघिका फिल्मले आशातीत सफलता पाउन सकेका छैनन्। त्यसैले आज अल नेपाल रिलिज हुने कायरा उनका लागि परीक्षा हुने भएको हो।

सिग्देलको निर्माण र अभिनयस“गै लेखन र गीत लेखनसमेत रहेको कायरालाई उनी स्वयंले पनि परीक्षा मानेका छन्। आर्यनको होम प्रोडक्सन आर्यन सिग्देल इन्टरटेन्मेन्ट र आर एन्ड आर प्रोडक्सनको ब्यानरमा निर्माण भएको कायरा फरक खालको प्रेम कथामा निर्माण भएको फिल्म हो। माया, रोमान्स र विछोडमा आधारित फिल्ममा आर्यनको साथमा साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा छिन्। लक्ष्मण रिजालले निर्देशन र निर्माणसमेत रहेको फिल्ममा शिशिर राणा, हितेश शर्मा, सुरेश न्यौपाने, मरिषा श्रेष्ठलगायतका कलाकार प्रमुख भूमिकामा छन्। केदार भुसालको पटकथा तथा संवाद रहेको फिल्ममा कोसिस क्षत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत, प्रवीण सिंहको कोरियोग्राफी, शिवराम श्रेष्ठको छायांकन, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ।

आर्यनको प्रतिक्षीत फिल्म कायरास“गै आजैबाट झमकबहादुर नामक अर्को फिल्म पनि रिलिजमा आउने भएको छ। यूबी फिल्मस् ग्यालरी र दियालो इन्टरटेन्मेन्टको प्रस्तुति रहेको झमकबहादुर महलमा बस्ने र झुपडीमा बस्नेहरूको कथालाई कमेडी शैलीमा प्रस्तुत गरिएको बताइएको छ। फिल्ममा नायक अनुपविक्रम शाही मुख्य भूमिकामा छन्। भोमन कटुवालले निर्देशन गरेको फिल्ममा अनुपविक्रमको साथमा यादव देवकोटा, सरापे राजु कमेडी, सुजता थापा, मीनकुमार तामाङलगायतका कलाकारको मुख्य भूमिका रहेको छ। मीनकुमार तामाङको निर्माणमा बनेको फिल्ममा रनजित गजमेर र ओम सुनारको संगीत, जीवन थापा, राजन, सूर्य र सलिनाको कोरियोग्राफी, राजु किरातको द्वन्द्व, पवन गौतमको छायांकन तथा अनिलकुमार मर्हजनको सम्पादन रहेको छ।