पत्नीको मिर्गौलाले काम नगरेपछि गायक कार्की तनाबमा

0
Shares

-रश्मी थापा

२ दशकदेखि मधुर स्वर तथा फरासिलो र हँसिलो व्यवहारबाट सबैलाई खुसी दि“दै आएका लोकप्रिय गायक आनन्द कार्की अहिले भने आपैm दुःखी बन्न पुगेका छन्। उनी त्यति बेला छा“गाबाट खसेझैं भएर पीडामा परे, जब उनकी पत्नी ईश्वरी कार्कीको मिर्गौलाले काम गर्न छोडेको छ भन्ने कुरा डाक्टरबाट थाहा पाए।

ईश्वरीको मिर्गौलाले काम गर्न छोडेको पत्ता लागेपछि हाल उनी डाइलसिस पद्धतिमा गएका छन्। ९ वर्षदेखि मधुमेह र उच्च रक्तचापबाट समेत पीडित ४९ वर्षीया ईश्वरीको केही समय अघिदेखि नै स्वास्थ्यमा समस्या देखिएको थियो। विभिन्न चिकित्सककहा“ गएर स्वास्थ्य परीक्षण गर्दा पनि केही पत्ता नलागिरहेको बेला अचानक हात खुट्टा सुन्निएका कारण भारतको दिल्ली पुगेर परीक्षण गर्दा ईश्वरीको दुवै मिर्गौलाले काम गर्न छोडेको पत्ता लागेको आनन्दले बताए।

‘अचानक डाक्टरले भारतको दिल्ली लैजानुपर्छ भनेपछि हामीले दिल्ली लग्यौं। अनि मात्र उनको दुईओटै मृगौला ड्यामेज भइसकेको कुरा थाहा भयो र नेपालमै ल्याएर डाइलसिस शुरू गरियो।’ –आनन्द भन्छन्। पटकपटक स्वास्थ्य परीक्षण गर्दा पनि डक्टरले गम्भीरतापूर्वक नलिएका कारण ईश्वरीको मिर्गौलाले काम गर्न छोडेकोबारे ढिला थाहा भएको आनन्दले बताए। ‘अब छिट्टैै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएकोले साथीभाइ आफन्त तथा शुभचिन्तकको सहयोगको अपेक्षा गरेको छु। हप्तामै ३ पटकसम्म डाइलसिस गर्नुपर्छ। त्यसका लागि धेरै शुल्क लाग्ने रहेछ’, आनन्द भन्छन्– ‘कसैले किड्नी डोनेट गर्दा हामीलाई निकै सहयोग हुनेछ।’

भारत तथा नेपालमा ईश्वरीको उपचार गर्ने क्रममा आनन्दले पटकपटक ईश्वरीलाई डायलसिस गराइसकेका छन्। यसबाट धेरै आर्थिक भार पर्न गएकोले अहिले आर्थिक कठिनाइसमेत भगिरहेका कारण गायक कार्कीले आफूलाई सहयोग गर्न चाहनेले सहयोग गर्न सक्ने बताएका छन्। ‘मैले पनि फ्रि अफ कस्ट धेरै सामाजिक ठाउ“मा सहयोग गरेको छु। सरकारले गरेका विभिन्न कार्यक्रममा पनि मैले सहयोग गर्दै आएको छु। कलाकारलाई राष्ट्रको गहना भन्ने गरिन्छ, त्यसैले सरकारबाट पनि केही सहयोगको अपेक्षा गरेको छु।

यो समय मलाई सहयोग गर्नुपर्ने भएको छ। सबैजनाको सहयोग, आशीर्वाद र शुभकामनाको अपेक्षा गरेको छुु।’ –उनले भने। ईश्वरीको मिर्गौला फेल भई समस्यामा परेपछि गायक कार्कीको अहिलेको दैनिकी नै उनको उपचारका लागि अस्पताल धाउने भएको छ। मिर्गौला प्रत्यारोपणको प्रतीक्षामा रहेकी ईश्वरीको हाल राष्ट्रिय मिर्गौला केन्द्रमा डायलसिसलगायतको उपचार चलिरहेको छ।

नेपालको कानुनअनुसार मिर्गौला आफन्तले दिनुपर्ने तथा दुर्घटनाका कारण निधन भएकाबाट मिर्गौला लिन सकिने प्रावधान रहेको छ। तर आनन्द दम्पतीले हालसम्म मिर्गौलादाता भेटिसकेका छैनन्। ‘कसैले एउटा किड्नी दान गरिदिए ईश्वरीले नया“ जीवन पाउनेछिन्। मिर्गौला प्रत्यारोपण गर्नका लागि नेपालमा ३०÷४० लाख रुपिया“ खर्च हुने रहेछ’, आनन्दले भने– ‘म कलाकार मान्छेका लागि यो धेरै रकम हो। त्यसैले सबैको सहयोगको अपेक्षा गरेको छु।’ आनन्दले भावुक हु“दै भने– ‘म सधैं रोमान्टिक गीत गाएर हि“ड्थे। तर अचानक नसोचेको वज्रपात पर्न गयो।’