काश्मिर मुद्दाको समाधान युएन प्रस्ताव अनुरुप हुनु पर्छ: इमरान


इस्लामाबाद (एजेन्सी)
पाकिस्तानको चुनावमा जीत हासिलपछि इमरान खान पाकिस्तानका भावी प्रधानमन्त्री बन्न गइरहेका छन् ।

सन् १९९६ देखि राजनितिमा प्रवेश गरेर कठिन संघर्ष पार गर्दै दुई दशकपछि अन्तत उनको पार्टी पीटीआईले चुनावमा अभुतपुर्वं सफलता हासिल गरेको छ । इमरान खानले चुनावमा जितेपछि प्रशासन र छिमेकी मुलुकसँगको राम्रो सम्बन्ध कायम गर्ने आसयका भाषण दिएका छन् । यो प्रष्ट शब्दमा थियो भने सकारात्मक पनि ।

तर केही मुद्दामा भने इमरान खानको विचार विगत कयौं बर्ष देखि कुनै परिवर्तन आएको देखिएको छैन ।

बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा शिक्षा हासिल गरेका इमरान खान जब १९७० र १९८० को दशकमा क्रिकेट खेल्थे, उनी स्वच्छन्द जीवनशैलीका लागि चर्चित थिए । लन्डनका केही विशेष नाइट क्लबमा इमरान खानको विशेष सदस्य हुने गरेका थिए । उनका कथित प्रेम सम्बन्धलाई लिएर बेलायत टेब्लोइड भरिएका हुन्थे ।

सन् २०१६ मा हिन्दुस्तान टाइम्ससँगको एक अन्तरवार्तामा इमरान खान आफैले भनेका थिए– मैले जुन तरिकाले जवानी बिताएँ, त्यसबाट कयौंलाई इस्र्या हुने गथ्र्यो । धेरैले म जस्तै जीवन विताउन चाहेन्थे ।

तर अब यी सबैमा धेरै परिवर्तन आइसकेका छन् । अब इमरान खान राजनितिक रुपमा संरक्षणवादी र धर्मनिष्ठ ब्यक्तीका रुपमा देखिएका छन् ।

उदारवादीहरुका कडा आलोचक
राजनितिक रुपमा उनी पाकिस्तानका उदारवादीका कडा आलोचक हुन् ।
सन् २०१२ मा समाचार च्यानल एनडीटीभीसँगको इमरान खानले भनेका थिए– यी उदारवादीहरु गाउँमा बमबारीको समर्थन गर्छन, यिनीहरु ड्रोन हमलाको समर्थन गर्छन ।

मेरो हिसाबले यीनीहरु उदारवादी होइनन्, फासिस्ट हुन् । यिनीहरु पाकिस्तानका फोहर दुर्गन्ध हुन् जो आफुलाई उदारवादी भन्छन् । पाँचबर्ष पछि सन् २०१७ मा इमरान खानले पाकिस्तान र पश्चिमी देशका उदारवादीमा अन्तर स्थापित गर्ने प्रयास गरे ।

इस्लामाबादमा धार्मिक पार्टीहरुको आन्दोलनमा प्रहरी कारवाहीपछि एक पे्रस सम्मेलनमा इमरानले भने– उदारवादी त्यो हो जसले मानविय अधिकारलाई महत्व दिन्छन् । एक उदारवादी सधैँ युद्धको विरुद्ध हुन्छन् । मैले हाम्रो यहाँ जस्ता रक्त पिपासु उदारवादी कहीँ देखेको छुइन । उनीहरुलाई मात्र रक्तपात चाहिएको छ ।

तालिबान प्रति प्राय सहानुभतिपुर्ण विचार राख्ने गरेको इमरान माथि आरोप छ । त्यसैले उनका आलोचकहरु उनलाई तालिबान खान भन्ने गर्छन् । जुलाई २६ मा दिएको आफनो भाषणमा कट्टरपन्थी र तालिबान मुद्दा सल्टाउन विषयमा आफनो कुनै योजना अगाडी उनले राखेनन् । तर उनको नियमित बयानले उनी ती संगठनको पक्ष हुन् भन्ने देखिन्छ ।

सन् २००२ मा इमराखनले उनी तालिबानको न्याय ब्यवस्थाबाट अत्यन्त प्रभावित भएको र यदि उनको सरकार बनेमा उसले पनि त्यसतै शासन प्रक्रिया अपनाउने बताएका थिए । पाकिस्तान न्युज च्यानल द न्युजले उनलाई उदृत गर्दै लेखेको थियो– मैले सरकार बनाएपछि त्यही शासन प्रक्रिया लागु गर्नेछु ।

केहि बर्ष अगाडी सरकार तहरिक ए तालिबान पाकिस्तानसँग वार्ता प्रक्रिया सुरु गर्न गम्भिर हो भने उसलाई पाकिस्तानमा कार्यालय खोल्न अनुमति दिनु पर्ने उनले बताएका थिए । कतारमा अफगान तालिबानलाई आफनो कार्यालय खोल्न अनुमति दिएको उनले उदारहरण दिएका थिए ।

काश्मिर र भारत प्रतिको दृष्टिकोण
चुनाव जिते लगत्तै इमरान खानले भने– यदि भारतसँग हाम्रो सम्बन्ध राम्रो हुन सक्यो भने त्यो हाम्रो लागि अत्यन्त राम्रो हुन्छ भन्ने मलाई लागेको छ । हामीबीच ब्यापारिक सम्बन्ध हुनु पर्छ । हामीबीच जति धेरै ब्यापार हुन्छ, त्यति नै दुई देशलाई फाइदा हुनेछ ।

दुई देशबीच शान्ति कायम गर्ने मुद्दामा इमरान खानले भने– यदि तपाई एक पाइला अगाडी बढाउनु हुन्छ भने हामी दुई पाइला अगाडी सार्छौं ।सन् २००२ मा एक पक्रकार सम्मेलनमा इमरानले भनेका थिए– काश्मिरमा शान्ति कायम गर्ने बस एक मात्र तरिका छ । काश्मिरको मामिला युएनको प्रस्तावको पालना गुर्न पर्छ, जस अनुसार काश्मिरी जनतालाई जनमत संग्रह गर्ने अधिकार छ ।

जनमत संग्रहको यो विचारलाई भारतले कहिल्यै समर्थन गरेको छैन । किनभने यसमा काश्मिरमा बस्ने नागरिकका लागि भारत, पाकिस्तानमा विलय वा स्वतन्त्र हुने अधिकार हुन्छ ।
हालै मात्र इमरान खानले भारतिय प्रधानमन्त्री नरेन्द्रमोदीका विषयमा टिप्पणी गर्ने क्रममा मोदी सरकारको निति पाकिस्तानलाई एक्ल्याउनु हरेको बताएका थिए ।

उनको पाकिस्तान विरुद्धको ब्यवहार अत्यन्त आक्रामक रहेको र काश्मिरमा भइरहेको बर्बरताका लागि पनि उसले पाकिस्तानलाई नै जिम्मेवार ठहर्याउन चाहेको इमरानले बताएका थिए ।