इंग्ल्यान्डमा कोहलीको पहिलो सतक


लन्डन, (एजेन्सी)
भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टमा सतक प्रहार गरेका छन् ।

यो कोहलीको इंग्ल्यान्डमा पहिलो टेस्ट सतक समेत हो । बर्मिघंमस्थित एड्जबास्टनमा पहिलो टेस्टको दोस्रो दिन बिहीबार आफनो २२ औं टेस्ट सतक प्रहार गरेका थिए । २९ वर्षीय कोहलीले १ सय ७२ बलको सामना गरेर सतकमा पुग्दा १४ चौका हानेका थिए । कोहली दुई पटक आउट हुन बाट जोगिएका थिए ।

पहिलो टेस्टअन्तर्गत पहिलो दिन इंग्ल्यान्ड २ सय ८७ रनमा अलआउट भएको थियो । यसको जवाफमा भारतको ब्याटिङ खराब भएको थियो । यो समाचार तयार गरुन्जेल भारत ९ विकेटको क्षेतिमा २ सय ५३ रनमा रहेको छ। जसमा कोहली १ सय २२ रन बनाएर क्रिजमा जमेका छन् ।