‘दिगो विकासको लक्ष्य हासिल गर्न सम्भव’

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकले अंगीकार गरेको तीव्र र दिगो विकासको लक्ष्य हासिल गर्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सहयोग, सद्भावले समृद्धिको मार्गमा नेपाललाई थप ऊर्जा प्रदान गर्नेमा आफँ विश्वस्त रहेको बताउनु भएको छ । नेपाल उद्योग परिसंघ प्रवुद्ध परिषद्का संयोजक शम्भुराम सिंखडाद्वारा लिखित ‘नेपाल, भारत, चीन ः २१औं शताब्दीमा सम्बन्ध विस्तार’ विषयक पुस्तकको विमोचन गर्दै अर्थमन्त्री खतिवडाले सो कुरा बताउनु भएको हो ।

अर्थमन्त्री खतिवडाले नेपाल, भारत, चीनबीचको त्रिपक्षीय आर्थिक सम्बन्ध सुदृढ एवम् विस्तार गर्न ‘नेपाल, भारत, चीन ः २१औं शताब्दीमा सम्बन्ध विस्तार’ पुस्तक उपयोगी हुनेसमेत विश्वास व्यक्त गर्नुभयो ।

उहाँले निजी क्षेत्र र अन्तर्राष्ट्रिय व्यापारिक÷औद्योगिक समुदायबीचमा भएको समझदारीबाट समेत मुलुकमा थप लगानी आउने सन्देश प्रवाह हुनेमा आफँ विश्वस्त रहेको धारणा राख्नुभएको थियो ।

त्यस क्रममा ‘समृद्धिको मार्गचित्रको कार्यान्वयनः अन्तर्राष्ट्रिय समुदायको भँमिका’ विषयक अन्तक्र्रियासमेत गरिएको थियो । सो अवसरमा नेपाल उद्योग परिसंघका तर्फबाट अध्यक्ष हरिभक्त शर्मा र पीएचडी चेम्बर अफ कमर्सका अध्यक्ष अनिल खेतानबीच नेपालमा र भारतमा दुुवै चेम्बरमा भारत नेपाल सेन्टरको स्थापना गर्ने कुरामा सहमति भएको छ ।

उक्त स्टेरिङ कमिटीमा पीएचडी चेम्बरका तर्फबाट पूर्वराजदूत केभी राजन तथा नेपालका तर्फबाट परिसंघका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय समितिका संयोजक निर्वाण चौधरीले नेतृत्व गर्ने तय भएको छ । समितिको उद्देश्यमा पँर्वाधार, जलस्रोत, साना तथा घरेलु उद्योग, रेल्वे, पर्यटन, कृषि आदिमा दुई मुलुकबीच आर्थिक सदृढीकरण गर्ने उल्लेख छ ।

भारत–नेपाल केन्द्रको उद्देश्यमा आगामी दिनका योजना र कार्यदिशा तय गर्ने, आवश्यकताअनुसार उपसमिति गठन गर्ने, दुवै समितिको कार्य स्पष्ट किटान गर्ने, दुवै मुलुकमा आर्थिक सम्बन्धमा कार्यक्रम गर्ने र कम्तिमा वर्षमा एउटा ‘मेगा’ कार्यक्रम गर्ने योजना लक्षित गरिएको छ ।

सो अवसरमा परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालमा धेरै पुराना ऐनहरुको संशोधन आवश्यक भएको र मुलुकमा स्थायित्व भइसकेको हुँदा आर्थिक वृद्धि हुने अपेक्षा राख्नुभयो । लगानी अभिवृद्धि गर्न कर्णाली प्रदेशमा १० वर्षको आयकर छुटको व्यवस्था सह्राहनीय रहेको बताउँदै संघीय प्रणालीअन्तर्गत प्रदेश र स्थानीय निकाय बलियो हुँदै गएमा यसबाट समृद्धिको फल प्राप्त हुने अपेक्षा रहेको बताउनुभयो ।

मुलुकमा हाल रहेको १५ प्रतिशत घरेलु बचत र ४५ प्रतिशत लगानी आवश्यकताको खाडल पूर्ति गर्न पनि विद्यमान नीति र विदेशीलाई लगानी गर्न आमँल परिवर्तनको खाँचो रहेको उल्लेख गर्नुभयो ।

पीएच्डी चेम्बर अफ कमर्शका अध्यक्ष अनिल खेतानले नेपालले समृद्धिको लागि लिएको नारा समृद्ध नेपाल सुखी नेपाली र भारतमा भारत सरकारले लिएको समान नाराले समेत दुई मुलुक समृद्धिको मार्गमा लम्किरहेको बेलामा दुई व्यापारिक÷औद्योगिक प्रतिनिधि मूलक संस्थाबीच भएको यो समझदारीपत्र हस्ताक्षरको सवल र सफल कार्यान्वयनमा दुवै पक्ष गम्भीर रहेको धारणा राख्नुभयो ।

नेपालका पूर्वराजदूत तथा पीएचडी चेम्बर अफ कमर्सका स्टेरिङ कमिटिका संयोजक केभी राजनले दुई मुलुकबीच आर्थिक सम्बन्ध सुदृढको अपार सम्भावनालाई प्रयोग गरी त्यसको प्रतिफल जनतासम्म पु¥याउने आजको वास्तविकता रहेको बताउनुभयो ।

त्यस्तै नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले दुई मुलुकबीच विभिन्न क्षेत्रमा क्रमिक कार्यान्वयनको कार्य भइरहेको र पर्यटन, कनेक्टिभिटी, विद्युत प्रसारणमा आशातित उपलब्धी हासिल गर्न दुवै मुलुक प्रयत्नशील रहेको बताउँदै नेपालको विकास प्रयासमा भारत सदा साथ रहने र हालै दुई व्यापारिक÷औद्योगिक प्रतिनिधिमँलक संस्थाबीच सम्पन्न भएको समझदारी पत्रको माध्यमबाट ठोस परिणाम आउने अपेक्षा रहेको बताउनुभयो ।