हरकसिंह धामी, कञ्चनपुर ।
‘‘कित जोत हलो कित छोड थलो, यदि होईन भने अब छैन भलो, अवत कोई छैन सानो ठुलो ’’ भन्ने मुल नारा बोकेका किसान नेता भिमदत्त पन्तको ६५ औ स्मृति दिवस मनाइएको छ ।
भीमदत्त नगरपालिका–१८ महेन्द्रनगर बजार स्थित पार्कमा रहेको भीमदत्त पन्तको शालिकमा नेकपाका नेता तथा कार्यकर्ताले फुलमाला अर्पण शहिद पन्तको स्मृति दिवस मनाएका छन् ।
भीमदत्त पन्तको स्मृति दिवसमा किसान आन्दोलनको मुल मर्म र उद्देश्य अनुसार कार्य गर्न सकेमा मात्र दिवस मनाएको सार्थक हुने स्मृति प्रतिष्ठानका संस्थापक गोविन्द कलौनीले बताए ।स्मृति दिवसको अवसरमा नेकपाका नेता तथा पूर्व उप सभामुख भोजराज जोशी, भीनपा नगर प्रमुख सुरेन्द्र विष्ट, पुर्व उपमेयर ईश्वरी खरेल, नेकपा सदस्य रण बहादुर महरा लगायत कार्यकर्ताको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया