ट्याक्टर दुरघटनामा दुई जनाको ज्यान गयो


महेश न्यौपाने, रोल्पा ।
रोल्पामा गएराती भएको ट्याक्टर दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ । रा.१ त १५०७ नम्वरको उक्त ट्याक्टर गएराती ८.३० वजे दुरघटना भएको वताइएको छ । दुरघटनामा परि दाङ तुल्सीपुर उपमहानगरपालिका ७ का २७ वर्षिय चालक आशाराम चौधरी र रोल्पा गंगादेव गाउँपालिका १ का १८ वर्षिय सह चालक डम्वरवहादुर वलीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर्तीगाउँ वजारवाट ओत तर्फ सिमेन्ट ढुवानी गरेर जाँदै गरेको ट्याक्टर माडी १ धारावाङमा दुरघटना ग्रस्त भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटना भएको खवर सुन्ने वित्तिकै ईलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरिक्षक राजकुमार पहाडी नेतृत्वको टोली घटना स्थल पुगी शव निकालेको थियो ।

शव हाल ईलाका प्रहरी कार्यालय घर्तीगाउँमा राखिएको छ । शवलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल रेउघामा लैजाने तयारी भईरहेको प्रहरी ले वताएको छ ।
सडकवाट ५ सय मिटर तल खसेको ट्याक्टर समेत पूर्ण रुपमा क्षतिग्रस्त भएको वताइएको छ । भिरालो कच्ची सडकका कारण अनियन्त्रित भई ट्याक्टर दुरघटना भएको हुन सक्ने औल्याइएको छ ।

ईन्जिनियरिङ डिजाईन विना उपभोक्ता समितिले आफुखुसी खनेका सडकका कारण रोल्पामा ट्याक्टर दुरघटनाको मात्रा वढिरहेको छ । साघुँरा सडकमा वनेका साँघुरा मोडका कारण दुरघटना वढिरहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा गत वर्ष भएको सवारी दुरघटनामा १४ जनाले ज्यान गुमाएका थिए । त्यसरी ज्यान गुमाएका मध्ये सवै ट्याक्टर दुरघटनामा परि मृत्यु भएको वताइएको छ ।
अधिकांश दुरघटना जिल्लाका भित्रि सडकमा हुने गरेको छ । विगतमा राजनैतिक पहुँचका आधारमा छुट्याएको वजेटवाट खनिएका त्यस्ता सडक मापदण्ड अनुसार नहुदा दुरघटना वढिरहेका छन । सडक निर्माणका लागि छुट्याएको वजेट वाट कार्यकर्ता पोस्न सजिलो हुने भएकाले जनप्रतिनिधिहरुले समेत त्यही शिर्षकमा वजेट छुट्याउने गरेको स्थानीयहरुले आरोप लगाउने गरेका छन ।