डोटीका हिलाम्मे सडकले यात्रुलाई हैरानी



विमल विष्ट,
बर्षादको समयमा डोटीका ग्रामिण सडकको यात्रा भगवान भरोसामा सञ्चालन हुदै आएका छन् । बर्षादको कारण यहाँका ग्रामिण सडकहरु ठाउ ठाउमा हिलाम्मे तथा बिग्रे भत्केका कारण यहाँको सवारी यात्रा जोखिम पुर्ण हुने गरेको छ । हिलाम्मे सडकमा यात्रुहरुले ठुलै जोखिम मोलेर यात्रा गर्नु परिरहेको बोगटान गाउपालिका १ सिमचौरका हस्तबहादुर बुढाले बताउनु भयो । उहाँले भन्नु भयो ‘यात्रा गर्दा निकै जोखिम मोल्नु परेको छ,ठुल्ठुला दुर्घटना भईसकेका छन्, भगवानको नाम लिदै यात्रा गर्न बाध्य छौ ।’ हिलाम्मे तथा बिग्रेकै सडकमा यात्रा गर्दा दजर्नौले कआलमै ज्यान गुमाई सक्दा समेत सडकको स्तरोन्नती नभएको भन्दै स्थानियबासी आक्रोसि हुन थालेका छन् । यहाँका ग्रामिण सडकहरुमा दजर्नौ सवारी दुर्घटना भई सयौले अकालमै ज्यान गुमाई सक्दा समेत स्तरोन्नती गर्न तर्फ पहलहुन नसकेको स्थानियबासीको आरोप छ ।
जिल्लाका बुडर जोरायल,सहजपुर बोगटान,दिपायल मेल्लेक,राजपुर चवार चौतारा,दिपायल कप्पलेकी,गड्सेरा,मुडभारा लगायतका अधिकांस कच्चि सडकहरु बर्षादको कारण हिलाम्मे तथा ठाउ ठाउमा बिग्रे भत्केका कारण यात्रुहरुले यात्रा गर्दा निकै कठिनाई भोग्नु परेको छ । बर्षाको समयमा यि सडकहरुमा यात्रा गर्ने यात्रुहरु आफनो गन्तब्यमा नपुग्दा सम्म भगवानैकै भरमा यात्रा गर्न बाध्य भएको जोरायल गाउपालिका ५ गड्सरेका स्थानिय डम्बर विष्टले बताउनु भयो । उहाँले भन्नु भयो ‘कच्चि सडकमा यात्रा गर्न निकै जोखिम पुर्ण छ,भगवानको नाम लिदै यात्रा गर्छन् यात्रुहरु ।’ यहाँका सडकहरुको अवस्था निकै दुःख दायी तथा दयनि भएको गाडि चालक प्रेम मल्लले बताउनु भयो ।
उहाँले भन्नु भयो ‘कच्चि सडकमा गाडी चलाउन निकै कठिन छ,गाडी,यात्रु र आफनो ज्यान हत्केलामा राखेर भएपनि गाडी चलाएका छौ,केही घटना नहोस भन्दै भगवान पुकार्ने गर्छौ ।’ ग्रामिण सडकको यात्रा मात्र नभई यहाँका राजमार्गका सडकको यात्रा पनि भगवान भरोसा नै रहेको छ । अत्तरिया स्याउले जोड्ने भिमदत्तराज मार्ग,स्याउले दिपायल जोड्ने डाक्टर केआईसिंह राजमार्ग तथा दिपायल साफे जोड्ने पहलमानसिंह स्वाँर राजमार्गका सडकहरु बिभिन्न ठाउमा बिग्रे भत्केका तथा बर्षादको समय पहिरो आई यातायात सञ्चालनमा नै अबरोध गर्ने भएकाले राजमार्गको यात्रा पनि कठिन पुर्ण नै रहेको सो राजमार्गमा यात्रा गर्ने यात्रुहरुको गुनासो छ । बर्षादको कारण सडक बिग्रिदा यहाँका अधिकांस ग्रामिण सडकहरुमा यात्रुबाहक सवारी साधन चल्न ठप्प भएको शैलेस्वरी यातायात ब्यबसायी समिति दिपायलका कार्यालय प्रमुख हर्कबहादुर महराले बताउनु भयो । उहाँले भन्नु भयो ‘अधिकांस सडकहरु हिलाम्मे छन् गाडी चलाउन खोज्योकी दुर्घटना हुने,फस्ने हुन्छन् रिक्स उठाएर गाडी चलाउन सकिदैन् ।’ ग्रामिण सडक सञ्चालन नहुदा स्थानिय किसानहरुले फलाएका तरकारी लगायतका अन्य चिजहरु बजार सम्म ल्याउन सकिएको छैन् । बजार सम्म लैजाने साधन नहुदा किसानले फलाएका साँग गरकारी बारीमै कुहिन थालेका छन् । भौगोलिक बिकटता तथा बर्खाले यहाँका सडक बिग्रिदा सवारी सञ्चालनमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीका प्रमुख रुपसिंह थापाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्