ठगी गर्ने एक ब्यक्ति पक्राउ


विदेश पठाईदिन्छु भन्दै ठगी गर्ने एक ब्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट जिल्ला पञ्चकन्या
गाउँपालिका वडा नं। ५ घर भई हाल काठमाडौँ गंगबुमा डेरा गरी बस्ने ४८ वर्षिय हरि प्रसाद सिटौला रहेका छन् ।

उनले आफुलाई कहिले सुवास सिटौला, पिताम्बर शर्मा र डा। सुरेश उप्रेति, कहिले भारतीय, पाकिस्तानी, जापानिज, अमेरिका
अस्ट्रेलिया लगायत दुतावासको कर्मचारी, कतै टिचिङ्‍ अस्पतालको हाडजोर्नी डाक्टर र कतै भरतपुर क्यान्सर अस्पतालको डाक्टर हुँ
भन्दै विदेश पठाईदिन्छु र बिभिन्न दुताबास तथा अस्पतालहरुमा जागिर लगाईदिन्छु भन्दै काठमाण्डौं, पाल्पा, गुल्मी, लमजुङ्
लगायतका विभिन्न जिल्लाका सर्वसाधारण मानिसहरुलाई प्रलोभनमा पारी ठगी गरेको खुल्न आएको छ ।

उनलाई काठमाठौँ महाशाखाबाट खटिएको बिशेष टोलीले हिजो बुधवार बालुवाटारबाट पक्राउ गरेको हो ।

पक्राउ पश्चात जाहेरीहरु आईरहेको हुँदा थप अनुसन्धान कार्य जारी रहेको छ ।