हेटौंडामा समातिए गाँजाका मुख्य कारोबारी


नेपाल समाचापत्र, हेटौंडा ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले २ सय किलो भन्दा बढी गाँजासहित ६ जनालाई पक्राउ गरेको छ ।

प्रहरी अनुसन्धान ब्युरो र जिल्ला प्रहरीको संयुक्त टोलीले उदयपुरको ताप्ली गापा–१, पिपलभञ्ज्याङ बस्ने वर्ष ५८ का पदम हमाल ठकुरी, सिरहा बस्ने वर्ष ३५ का सुरेशकुमार महतो, सिरहा औरही गापा–२ बस्ने वर्ष ४४ का जिपचालक छेदी दास र मकवानपुरको राक्सिराङ गापा–१ बस्ने वर्ष ४२ का कृष्णबहादुर मोक्तानलाई बीआर–आईपी २३४५ नम्बर भारतीय बोलेरो जिपसहित नियन्त्रणमा लिएको हो ।

जिपमा फल्स बटम बनाइ लुकाइछिपाइ ओसारपसार गर्न लागिएको अवस्थामा ८८ केजी ७ सय २० ग्राम अवैध गाँजा (चिप्पड) सहित मकवानपुरको मनहरी–९, खरंगाबाट पक्राउ गरिएको छ ।
पक्राउ परेका हमाल ४ वर्षदेखि मकवानपुरका विभिन्न स्थानबाट गाँजा तथा चरेस संकलन गर्ने र भारतमा अवैध कारोबार गर्ने मुख्य ब्यक्ति रहेको प्रहरी दाबी छ । ओसारपसार गर्न लागिएको गाँजा सिरहा जिल्ला हुँदै नेपाल–भारत सिमानाबाट भारततर्फ लैजान लागिएको अनुसन्धानको क्रममा अभियुक्तहरुले खुलाएका छन् ।

पक्राउ परेका चालक दास पटकपटक लागुऔषध गाँजा तथा चरेस कारोबारमा सक्रिय रहेको अनुसन्धानका क्रममा खुलेको छ । मोक्तान मकवानपुरका विभिन्न स्थानबाट गाँजा तथा चरेस संकलन गरी ओसारपसारमा सक्रिय रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

मकवानपुरबाट महोत्तरी हँुदै भारत जान लागेको ना. ४ च ४७६२ नम्बर बोलेरोमा फल्स बटम बनाएर राखिएको १ सय १५ किलो गाँजासहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सिन्धुलीका दिनेश मगर र सिन्धुपाल्चोकका ज्ञानबहादुर बुढासैली छन् । उनीहरु हेटौंडा–११, सरस्वती चोकबाट पक्राउ परेका हुन् ।

पक्राउ परेका मगर पनि पटकपटक लागुऔषध गाँजा तथा चरेस ओसारपसारमा संलग्न रही महोत्तरी पु¥याउने मुख्य कारोबारी रहेको प्रहरी दाबी छ ।