श्रीमतीको कुटपिटबाट श्रीमानको ज्यान गयो


चिरञ्जीवी मास्के, दोलखा ।
दोलखाको जिरी नगरपालिका वडा नम्बर ३ मालीमा आपसि झगडामा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ ।
घरायसी झगडामा श्रीमती आङलुङ शेर्पाको कुटाईबाट घाईते भएका ५५ बर्षिय श्रीमान नाङगेल शेर्पाको विहिवार (आज) विहान १० बजेतिर मृत्यु भएको प्रारम्भीक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक वासुदेव पाठकले बताए ।

बुधवार बेलुका आपसमा झगडा हुदा नाङगेलले पहिले आफुलाई कुटपिट गरेपछि आफुले पनि उसलाई कुटेर बाहिर आई सुतेको र विहिवार विहान हेर्दा उसलाई मृत अवस्थामा देखेको आङलुङले बताईन् ।
घट्नाको जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय जिरीबाट प्रहरी टोलि गई पीडक आङलुङ शेर्पालाई शेर्पालाई नियन्त्रणमा लिएको र अहिले अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक पाठकले बताए ।