सामान्य अंकले घट्यो शेयर बजार


काठमाडौँ ।
शेयर बजारमा आज सामान्य गिरावट आएको छ ।

शेयर बजार मापक नेप्से परिसूचक आज २।५६ बिन्दुले घटेर एक हजार १९१।३१ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।४१ बिन्दुले घटेर २५१।१५ बिन्दुमा पुगेको छ ।

स्टकका अनुसार कूल १६२ कम्पनीको छ लाख ७२ हजार ३६८ कित्ता शेयर रु २० करोड ७९ लाख २१ हजार ४७० मूल्यमा खरीद बिक्री भएको छ । कूल १० उपसमूहमध्ये आज दुई उपसमूहको शेयर बढेको छ भने आठ उपमूहको शेयर उकालो लागेको छ ।

बैंकिङ ०।७३ र उत्पादन समूह १।१७ बिन्दुले बढ्दा होटल २।२५, विकास बैंक ८।२७, जलविद्युत् १।५६, वित्त १।९६, निर्जीवन बीमा ५७।३७, अन्य ४।३९, माइक्रोफाइनान्स १०ं७२, बीमा २६।०६ बिन्दुले घटेको छ ।

यस्तै स्टकमा एनएमबी बैंकले शेयर मूल्य समायोजन गरेको जानकारी गराएको छ । बैंकले रु ३१७।३९ प्रतिकित्ता शेयरमा १५ प्रतिशत बोनस शेयरसमेत थप गरेको छ । बैंकको शेयरको आधारभूत मूल्य रु ३९१।७ कायम भएको छ ।
रासस