दोलखामा ४.२ रेक्टरको पराकम्पन


काठमाडौँ ।
दोलखाको नाम्दु आसपास केन्द्रबिन्दु भएर आज गोरखा भूकम्पको पराकम्पन गएको छ ।

दिउँसो २ बजेर ३२ मिनेट जाँदा ४।२ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।

यसअघि गत साउन ८ गते गजुरी आसपास केन्द्रबिन्दु भई ४।८ रिक्टर स्केलको परकम्प गएको थियो । गत असार २१ गते धादिङको झार्लाङ आसपास केन्द्रविन्दु भएर ४।१ रिक्टर स्केलको परकम्प गएको । गत असार १४ गते पनि धादिङकै सुनौलोबजार केन्द्रविन्दु भई ५ रिक्टरको परकम्प गएको थियो ।

केन्द्रका प्रमुख अधिकारीका अनुसार विसं २०७२ को गोरखा ९७।६ रिक्टर स्केल० भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ५०६ वटा परकम्प भएका छन् ।
रासस