पूर्वाअञ्चल विश्वविद्यालयको मेडिकल कलेज आफैं विरामी


सरोज यादव, विराटनगर ।
मोरङको सुरन्दहरैचा–७ गोठगाउ“मा रहेको रहेको पूर्वाअञ्चल विश्वविद्यालय अन्तर्गतको मेडिकल कलेज आफैं विरामी अवस्थामा पुगेको छ ।

सरकारले २०५२ सालमा मोरङको गोठगाउ“ स्थित राष्ट्रिय वनको ८ सय ५ बिघा जमिन लिएर मेडिकल कलेजले भौतिक पूर्वाधारहरु निर्माण गरेको थियो । तर सञ्चालन, रेखदेख र संरक्षणको अभावमा भवन लथालिङ्ग अवस्थामा छ भने विश्वविद्यालय घा“से मैदान र गौचरणमा परिणत भएको छ । पुर्वी नेपालको गौरवको रुपमा स्थापित पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको मेडिकल कलेजका लागि करोडौ लागतमा निर्मित भबनहरु सञ्चालन नहु“दा जंगल भित्रको भुतवंला जस्तो भएको छ । कलेजका सयौ“ं वेड प्रयोगविहीन छन् ।

८ सय ५ विघा क्षेत्रफल ओगटेर वनेको विश्वविद्यालय मेडिकल कलेज यतिबेला गौचरणमा परिणत भएको छ । सामान्य ओपिडी उपचार वाहेक केही ह“ुदैन । उपचार गराउन आएका स्थानीय यहा“ सामान्य औषधी पनि नपाएको वताउ“छन् । हतार हतारमा विरामी ल्याए पनि कि धरान कि विराटनगर लैजानु पर्ने स्थानीय स्थानीयको दुखेसो छ ।

स्थाई सरकार भएको कारण अव भने सञ्चालनमा ल्याउनुपर्ने जनप्रतिनिधि बताउ“छन् । यता क्याम्पस प्रमुख कविता अधिकारीले समस्या भईरहेको स्वीकार्दै समाधानका लागि पहल थालिने बताइन् । विश्वविद्यालयमा भित्र समस्या धेरै भए पनि सुधारउन्मुख रहेकाले भवन मर्मत गर्ने खर्च अभाबकै कारण समस्या भैरहेको विश्वविद्यालय मेडिकल कलेजले जनाएको छ । अहिले अधिकांस भवनहरु भुकम्पका कारण जिर्ण बन्दै गएको स्वीकार गदै कोईरालाले भने भवन मर्मत गर्ने खर्च अभाबकै कारण समस्या भईरहेको उनी बताउछन ।

मर्मत अभाबमा आर्कषक भबनहरुको बेहाल हुन पुगेको छ । भबनहरु घाँसले घेरिएका छन ।समस्याको चाङ देखिएपछि विरामीहरुले अस्पताल भित्र औषधी किन्न सम्म पाउदैनन् । करोडौको लागतमा स्थापना गरिएको विश्वविद्यालयमा कहिले काही स्थानीयहरु उपचारका लागि आक्कल झुक्काल आउने गरेका छन् ।