जिल्ला अस्पतालका बिरामीलाई १५ रुपैयाको खाना


कालीवहादुर मल्ल, कालिकोट ।
यहाँको एक मात्र जिल्ला अस्पतालमा भर्ना भएका बिरामीहरुलाई १५ रुपैयाँ वरावरको खाना दिने गरिएको छ । अस्पतालमा भर्ना भएका बिरामीहरुलाई खाना जिल्ला अस्पताल कालिकोटवाट संचालित क्यान्टिनले १५ रुपैयाको खाना खुवाउने गरेको हो ।


जिल्ला अस्पताल कालिकोटको सहयोगमा विरामीहरुलाई खाना खुवाउनको लागि बार्षिक रुपमा घटिघटाउमा ठेक्का आव्हान गर्ने,जसले घटेर हाल्यो तेसैले खाना खुवाउने जिम्मा लिने गरेको क्यान्टेन सञ्चालक नानी शाहीले बताइन् ।

शाहीका अनुसार ‘ठेक्का परेको हुनाले १५ रुपैयामा चिया पनि नआउने तर बाध्यतावस खाना समेत खुवाउनु परेको छ । “१५ रुपैयामा कस्तो गुणस्तरयूक्त खाना खुवाउनु र ? अहिले बजारमा एक छाक खानाको १ सय ५० रुपैयाँ लिन्छन् १५ रुपैयाँको कस्तो खाना आउला आफै विचार गर्नुस ।” उनले भनिन ।
नेपाल सरकारको निशुल्क स्वास्थ्य सेवा कार्यक्रम अनुसार जिल्ला अस्पताल कालिकोटमा भर्ना भएका बिरामीहरुले खाना पाउने व्यवस्था अनुसार वर्षैनी लाखौ रकम आउने गरेको छ ।

क्यन्टेनवाट आएको खानले सिकीस्त विरामी वाहेक अन्य हात खुट्टामा चोट लागेका विरामीहरुलाई पेटभी पनि पुग्दैन । जिल्ला अस्पतालमा उपचार गर्न आएकी वाटु भट्टराईका अनुसार खाना जिल्ला अस्पतालले दिने र उक्त खाना खादा अझै बिरामी सञ्चो हुनु भन्दा रोग बढ्ने गरेको सम्भावना रहेको छ । उनकाका अनुसार जिल्ला अस्पतालले दिने खानामा कुनै गुणस्तरको नभएको छैन । बिरामीहरुले क्यान्टिनको खानाभन्दा अस्पताल बाहिरको होटेलबाट खादै आएका छन् ।

जिल्ला अस्पताल कालिकोटका प्रमुख डाक्टर बिवश पराजुली आफू भर्खरै कार्यालय प्रमुख भएर आएको र खानाको गुणस्तर वारे आफलाई नै चित्त नबुझेको वताउछन् । जिल्ला अस्पतालका प्रमुख पराजुलीले खानामा क्वालिटी नभएको न्यून रकमका वारेमा सोचेर बिरामीलाई खाना राम्रो उपलब्ध गराइने प्रतिवद्धता जनाए ।