रोमासँग हार्यो बार्सिलोना


लन्डन, (एजेन्सी)
प्रि–सिजन टूर अन्र्तगत इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा इटालियन क्लब रोमासँग स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोना पराजित भएको छ ।

अमेरिकाको डालासमा बुधबार बिहान भएको खेलमा रोमाले बार्सिलोनालाई ४–२ गोल अन्तरले पराजित गरेको हो । खेलमा बार्सिलोनाले दुई पटक अग्रता लिएर पनि हार बेहोर्नु प¥यो । खेलको सातौं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर ३५औं मिनेटमा रोमाका स्टेफेनले गोल गरेपछि पहिलो हाफसम्म दुवै टोली १–१ गोलको बराबरीमा रोकिए । यस्तै खेलको ५०औं मिनेटमा माल्कोमले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाएका थिए ।

तर ७८ औं मिनेटमा रोमाका एलेसान्ड्रोले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए । खेलको ८३ औं मिनेटमा भने ब्रायनले गोल गर्दै रोमालाई ३–२ को अग्रता दिलाए । यसैगरी खेलको ८६ औं मिनेटमा डिएगोले पेनाल्टीमा गोल गर्दै रोमाको गोल संख्या ४ पु¥याउँदै जित सुनिश्चित पारे ।