पूर्व क्रिकेटरलाई ५० हजार सहयोग


हेटौंडा,(नेस)
मकवानपुर क्रिकेट संघका संस्थापक अध्यक्ष अरुणराज सुमार्गीले मकवानपुरका पूर्वक्रिकेट टिम क्याप्टेन तथा मकवानपुर क्रिकेट संघ कोषाध्यक्ष निरज श्रेष्ठको उपचारका लागि ५० हजार नगद सहयोग गरेका छन् । जिल्ला खेलकुद विकास समिति मकवानपुरमा आइतबार भएको कार्यक्रममा सुमार्गीले निरजका बाबु दामोदर श्रेष्ठलाई नगद ५० हजार सहयोग गरेका हुन् ।

मकवानपुर क्रिकेट विकासका लागि निरजले दुई दशकभन्दा धेरै समयदेखि योगदान दिएका छन् ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनी हाल भारतको दिल्लीमा उपचाररत् छन् । उपचार पद्धति महंगो भएपछि श्रेष्ठ परिवारलाई समस्या भएको छ । सोही सन्दर्भमा आफ्ना क्रिकेटसँग गहिरो नाता रहेको र क्रिकेट संघको संस्थापक अध्यक्ष रहेको नाताले सहयोग गरिएको सुमार्गीको भनाइ छ ।