डुबेर एक बालिकाको मृत्यु


झापा ।
झापाको मेचीनगरमा एक बालिकाको डुबेर मृत्यु भएको छ ।

मेचीनगर नगरपालिका–७ सतिघट्टा नजिकैको पैनीमा डुबेर आज दिउँसो सोही स्थानकी सञ्जु दर्जीकी एक वर्षकी छोरी नेत्रकुमारी दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बालिकालाई पैनीमा डुबेको अवस्थामा फेला पारेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
रासस