वान डे ‘डेब्यू’मा उपकप्तान ज्ञानेन्द्र मल्लको अर्धशतक


काठमाडौं । नेदरल्यान्डविरुद्धको ‘डेब्यु’ एक दिवसीय क्रिकेटमा उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक पुरा गरेका छन् । उनले ५६ बलमा ८ चौकाको मद्दतमा ५० रन जोड्दै अर्धशतक पुरा गरेका हुन् ।

यससँगै उनी एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको क्रिकेटमा अर्धशतक पुरा गर्ने पहिलो खेलाडी बनेका छन् । उनी अहिले पनि क्रिजमा छन् । उनलाई कप्तान पारस खड्काले क्रिजमा साथ दिइरहेका छन् । नेपाल अहिले १८ ओभरको समाप्तिमा १ विकेट गुमाएर ८३ रन बनाएर १ सय ९० रनको विजयी लक्ष्य पछ्याइहेको छ ।