ढाकामा हुने साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक


काठमाडौं । बंगलादेशको ढाकामा हुने १२ औं साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ ।

सेप्टेम्बर ४ देखि १५ सम्म चल्ने टुर्नामेन्टमा ७ देश सहभागी हुँदैछन् । साफको ७ पटकको च्याम्पियन भारतलगायत पाकिस्तान, श्रीलंका, माल्दिभ्स, नेपाल, भुटान र अफगानिस्तानले च्याम्पियनसिप खेल्नेछन् ।

समूह ए मा नेपालसहित पाकिस्तान, भुटान र बंगलादेश रहेका छन् भने समूह बि मा भारत, श्रीलंका र माल्दिभ्स रहेका छन् । खेल तालिकाअनुसार नेपालले साफ च्याम्पियनसिपमा पहिलो खेल सेप्टेम्बर ४ मा पाकिस्तानसँग खेल्दैछ । त्यस्तै, नेपालले दोस्रो खेल सेप्टेम्बर ६ मा भुटानसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल सेप्टेम्बर ६ मा आयोजक राष्ट्र बंगलादेससँग खेल्नेछ ।

त्यस्तै समूह बि मा भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् । नेपाली फुटबल टिम यतिबेला साफ च्याम्पियनसिपको अभ्यासमा रहेको छ ।