मिसेस मकवानपुरमा ११ को स्पर्धा

0
Shares

हेटौंडा, (नेस)। मकवानपुरमा रहेका विवाहित महिलाको क्षमता र सुन्दरता प्रस्तुत गराउन मिसेस मकवानपुर प्रतियोगिता हुने भएको छ।

विवाहित महिलाको आत्म तथा व्यक्तित्व विकास एवं महिला सशक्तीकरणका लागि प्रतियोगिता गर्न लागिएको हो। प्रतिस्पर्धीहरूलाई आयोजकले व्यक्तित्व विकास, तनाव, रिस र समय व्यवस्थापन, कुशल बोलीचाली अभ्यास, नेतृत्व क्षमता अभिवृद्धि, अवलोकन भ्रमण, साक्षात्कार, कलासम्बन्धी कक्षा, सेल्फ मेकअप, मिडियासम्बन्धी कक्षा र महिला सशक्तीकरण जस्ता तालिम प्रदान गर्नेछन्। हेटौंडा लेडी जेसिजको आयोजनामा हुन लागेको मिसेस मकवानपुर–२०१८ मा मकवानपुरका ११ जनाले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा सहभागी हुनेलाई २० दिनसम्म विभिन्न विषयका तालिमको व्यवस्था गरिएको छ।

जेसिज अध्यक्ष अस्मिता श्रेष्ठले प्रतियोगिताले विवाहित महिलालाई नयाँ अवसर प्रदान गर्ने बताइन्। प्रतियोगितामा प्रथम हुनेले २५ हजार, दोस्रोले १५ हजार तथा तेस्रोले १० हजारसहित विभिन्न पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको फाइनल साउन २६ गते हुनेछ।