आदिवासी पत्रकारिता पुरस्कार चार जनालाई


काठमाडौं ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज०ले यसवर्ष ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’ चार जना पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ ।

फोनिजका महासचिव मनोज घर्तीमगरले पुरस्कार छनौट समिति सिफारिशमा आज बसेको फोनिजको बैठकले चार जना पत्रकारलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको जानकारी गराउनुभयो ।

उहाँका अनुसार उक्त पत्रकारिता पुरस्कारबाट यस वर्ष उजिर मगर ९अनलाइन०, भैरव आङला ९टेलिभिजन०, छेटु शेर्पा ९छापा० र विमला चौधरी ९रेडियो० विधामा प्रदान गरिने भएको छ ।

जनही रु ४० हजार राशिको उक्त पुरस्कार फोनिज स्थापना दिवसको अवसरमा आगामी साउन २७ गर्ने प्रदान गरिनेछ ।
रासस