धुलाबारीमा पत्नीको हत्या गरी फरार


नेपाल समाचारपत्र, भद्रपुर ।
यहाँ स्थित बन्चरो प्रहारी गरी पतीले पत्नीको हत्या गरेका छन् । झापाको मेचीनगर नगरपालिका ११ मेचे टोलका २८ वर्षीय राजिव मेचेले आफ्नै पत्नी २० वर्षिया मनिषा मेचेलाई टाउकोमा बन्चरोले हिर्काई हत्या गरेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । घरायसी बिवादका कारण सोमबार राती हत्या भएको भएपनि मङ्गलबार विहान १० बजे प्रहरीमा जानकारी आएको धुराबारीका सई भवानी नेपालीले जानकारी दिए ।
फरार राजिवको खेजिकार्य जारी रहेको छ भने घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।