विश्वविद्यालयका प्रिन्सिपलद्धारा होस्टेल शुल्क हस्तान्तरण


नेपाल समाचारपत्र, काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयका प्रिन्सिपल प्रा.कृष्णप्रसाद आचार्यले आफ्नो जन्मदिनको अवसरमा २४ जना छात्राहरुको होस्टेल शुल्क उपलब्ध गराउनुभएको छ । उहाँले आफ्नो जन्मदिनको अबसरमा बिश्वबिद्यालयको छात्राबासमा बस्दै आएका प्रदेश नम्बर ७ का २४ जना छात्राहरुको लागि होस्टेल शुल्क चार हजार दुइ सय २० रुपैंयाका दरले एक कार्यक्रम गरि हस्तान्तरण गर्नुभएको हो ।

उहाँले आफ्नो सेवा अबधी भर आफ्नो पारीश्रमीकको १५ प्रतिशत रकम प्रदेश नम्बर ७ बाट अध्ययनका लागि होस्टेलमा बस्ने छात्राहरुलाई उपलब्ध गराउने घोषणा गर्नुभएको अखिल क्रान्तिकारीका केन्द्रिय सचिबालय सदस्य कलम बढुवालले जानकारी दिनुभयो ।