विकास र समृद्धिका लागि काँग्रेस बाधक नहुनेः भण्डारी


चितवन ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले निर्वाचनका समयमा गरेका वाचा वाम गठबन्धनले पूरा गर्न नसकेको आरोप लगाउनुभएको छ ।

काँग्रेस चितवनले आज यहाँ आयोजना गरेको विरोध प्रदर्शनपछि आयोजित कोणसभामा उहाँले मूल्य वृद्धि भएको, कर बढेको र काँग्रेस नेतृत्वको सरकारले गरेका निर्णय खारेज गरेकोमा आपति जनाउँदै विकास र समृद्धिका लागि काँग्रेस बाधक नहुने बताउनुभयो ।

केन्द्रीय सदस्य भण्डारीले अब विकास निर्माणको समय भएको उल्लेख गर्दै “पार्टी सुधारका लागि हात काम्ने दाजुभाइलाई बिदाइ गरेर युवा पुस्ताले नेतृत्व लिनुपर्छ भन्नुभयो ।”

नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले स्थानीय तहमा कर बढेको, मजदुर आन्दोलनमा गोली चलेको र क्यान्सर अस्पतालको भोगचलनमा रहेको जग्गामा सिटी हल निर्माण गर्न लागिएकोमा आपति जनाउनुभयो ।
रासस