अख्तियारद्वारा घुस सहित एक जना प्राविधिक पक्राउ


विष्णु तिमिल्सिना, बर्दिया ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरले सेवाग्राहीसंग घुस रकम लिदै गरेको अवस्थामा बर्दिया बाट एकजना असिस्टेन्ट सब–ईञ्जिनियरलाई नियन्त्रणमा लिईएको छ ।
गुलरिया नगरपालिकामा कार्यरत असिस्टेन्ट सव–ईन्जिनियर रमेशकुमार गौतमलाई सेवाग्रहीसँग लिएको १० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।।
उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरबाट गएको टोलीले उनलाई नगरपालिकाको कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो ।
बबई बहुमुखी क्याम्पसको शौचालय निर्माणको कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा गौतमलाई नियन्त्रणमा लिइएको कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरका प्रमुख ईश्वर कार्कीले जानकारी गराउनुभयो ।